मधेस प्रदेश सरकारमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ
वीरगन्ज । मधेस प्रदेशका नव नियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख सुमित्रा सुवेदीले शपथ ग्रहण गराएकी हुन् ।
चौथो पटक विश्वासको मत लिएपछि थपिएका तीन मन्त्री र एक राज्यमन्त्रीको शपथ खुवाएका छन् । माओवादीका युवराज भट्टराईलाई उद्योग वाणिज्य तथा पर्यटन र संसदीय दलका नेता भरत साहलाई विना विभागीय मन्त्रीमा शपथ लिएका छन् ।
यसैगरी एकीकृत समाजवादीका बेची लुंगेलीलाई पनि विना विभागीय मन्त्रीमा शपथ खुवाइएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । त्यस्तै गृह राज्यमन्त्रीमा नेकपा एमालेको तर्फबाट शारदा थापाले शपथ लिएकी छन् ।
नव नियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख सुवेदीले शपथ खुवाएकी थिइन् भने गृह राज्यमन्त्री थापालाई मुख्यमन्त्री सरोजकुमार यादवले शपथ खुवाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रंगी’को शीर्ष गीतमा रोमान्टिक सलोन र मलिका
-
लागू औषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले चलायो गोली
-
सत्तापक्ष र प्रतिपक्षबिच भयो सहमति, बागमती प्रदेश सभा सञ्चालन हुने
-
पूर्ण भयो न्याय परिषद्, सुरु होला न्यायाधीश नियुक्ति ?
-
प्रदेशको औचित्य प्रमाणित गर्न अझै कसरत गरौँ : प्रदेश प्रमुख भट्ट
-
पाकुच्चाको सागमा विषादी