कांग्रेस र राप्रपाले प्रदेशसभा बैठक बहिष्कार गर्ने

पोखरा । मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्चको आदेश उल्लङ्घन गरेर अधिवेशन आह्वान गरेको भन्दै कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले गण्डकी प्रदेशसभा बैठक बहिष्कार गर्ने भएका छन् ।
प्रदेशसभा बैठकमा उपस्थित नहुने तयारी दुवै पार्टीको छ । कांग्रेसले बैठकअघि साढे १० बजे संसदीय दलको बैठक आह्वान गरेको छ । ुअबैध संसद बैठकमा जानु उपयुक्त हुँदैन । मुख्यमन्त्री नै गैरसंवैधानिक भनेपछि उनले बोलाएको बैठकमा जाँदा कांग्रेसले पनि गैरसंवैधानिक कदमलाई समर्थन गरेको ठहरिन्छ,’ एक नेताले भने, ‘कांग्रेसले यो बैठकमा सहभागिता जनाउँदैन ।’
कांग्रेस गण्डकी प्रदेशसभाका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले भने यसबारे सोही बैठकबाट आवश्यक निर्णय हुने बताए । उता राप्रपा पनि बैठकमा नजाने योजनामा छ । दलका नेता पञ्चराम गुरुङले आफ्नो व्यक्तिगत कामका कारण बैठकमा नजाने बताए । तर दलले बहिष्कार नै गर्न लागेको स्रोत बताउँछ ।
‘नजानका लागि विभिन्न बहाना निकालिएको छ । यथार्थमा दुवै पार्टीले बहिष्कार गर्न लागेका हुन्,’ उक्त स्रोत भन्छ, ‘दुवैले अहिले डाकिएको बैठकलाई संविधान अनुसार होइन भनेका छन् । सर्वोच्चमा दर्ता भएको रिटको टुंगो नलागेसम्म बैठक बस्ने सम्भावना निकै कम छ ।’
कांग्रेसले मुख्यमन्त्री अधिकारीको नियुक्ति नै असंवैधानिक भन्दै रिट दायर गरेको छ । सर्वोच्चले सो रिटमा कारण देखाऊ आदेश जारी गरेको छ भने १० गते पूर्ण पेसीको मिति तोकेको छ ।
यसअघि अधिकारीले सभामुखलाई समेत गनेर बहुमतको मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । सोही दाबीका आधारमा प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सोही सरकारले शुक्रबार विश्वासको मत लिने तयारी गरिरहेको बताइएका बेला दुई पार्टी बहिष्कारको नीतिमा रहेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानद्वारा भारतसामु जितका लागि २ सय ४२ रनको लक्ष्य प्रस्तुत
-
एचएमडी क्रेस्ट फाइभजी स्मार्टफोन नेपाली बजारमा
-
कालिञ्चोक दर्शनको हकप्रद शेयरको बिक्री प्रबन्धकमा एसबीआई मर्चेण्ट
-
एभरेष्ट बैंकको फिदिम र फुङ्लिङमा नयाँ शाखा
-
निर्माण व्यवसायीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न महासंघको माग
-
नेपालमा शङ्कास्पद गतिविधि संलग्न ७ जना बंगलादेशी नागरिक पक्राउ