मदिराको तालमा साथीको हत्या, ७ जना पक्राउ

तनहुँ । तनहुँमा एक व्यक्तिको हत्या आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । बुधवार आबुखैरेनी गाउँपालिका वडा नम्बर ३ मा गोरखाको सहिद लखन गाउँपालिका वडा नम्बर ३ बस्ने वर्ष १८ का अमन गुरुङको हत्या आरोपमा ७ जना पक्राउ परेका हुन् । साथी साथीबिच मदिरा सेवनपछिको विवादमा सो घटना भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा आबुखैरेनी गाउँपालिका वडा नम्बर ३ बस्ने वर्ष २५ का रोहित घले, वर्ष २४ का आशिष काराखेती, वर्ष २६ का बलराम श्रेष्ठ, वर्ष ३१ का सागर श्रेष्ठ र वर्ष २१ का कुशल गुरुङ रहेका छन् । यस्तै गोरखाको गोरखा नगरपालिका वडा नम्बर १३ बस्ने वर्ष २४ का सन्तोष गुरुङ र एक जना नाबालक समेत पक्राउ परेका छन् ।
आबुखैरेनी गाउँपालिका वडा नम्बर ३ स्थित आबुँगाउँ स्वामी चौतारामा साथीसाथी मिलेर मादक पदार्थ सेवन गरेको र सोही क्रममा उनीहरूबिच बिवाद गरेको खुलेको छ । विवादकै क्रममा ७ जनाले साथी अमन गुरुङलाई सोही स्थानको पुरानो कोट जंगल भिरबाट ११० फिट तल चन्दनी खोल्सामा खसाली हत्या गरेको प्रहरीको भनाइ छ ।
उनीहरु विरुद्ध परेको किटानी जाहेरीको आधारमा नियन्त्रणमा लिई ज्यान सम्बन्धी कसुरमा तनहुँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी दीपककुमार रायले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?
-
कर्णाली रोजगार कार्यक्रमको कार्यविधि २०८१ स्वीकृत