सुप्रिम सहकारी घोटाला प्रकरण : पक्राउ परेकाहरूको बयान सकियो
बिहीबार, ०६ वैशाख २०८१, १६ : १३

बुटवल । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीमा भएको घोटाला प्रकरणमा पक्राउ परेकाहरूको बयान सकिएको छ ।
जिल्ला अदालत रुपन्देहीमा बिहीबार ४ जनाको बयान लिएको हो । यसअघि दीपेश पुनसहित ३ जनाको बयान सकिएको थियो । प्रतिवादी २८ जनामध्ये निता थापा मगर, दीपक न्यौपाने, रोशनी गुरुङ र नवीन अछामीको बिहीबार बयान लिएको हो ।
पक्राउ परेका ७ जनाको बयान सकिएपछि अब थुनछेक बहस सुरु हुने भएको छ । न्यायाधीश डा प्रकाश उप्रेतीको इजालालमा वादीको तर्फबाट सरकारी वकिलले बहस गर्ने जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी अनन्त राम मरासिनीले बताए ।
सरकारी वलिकहरुको बहस सकिएपछि प्रतिवादीका तर्फबाट वकिलहरूले बहस गर्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजा ज्ञानेन्द्र : ‘मौकामा चौका हान्न’ समर्थक उचाल्ने प्रयास !
-
सप्तकोशी नदी किनारबाट १८० किलो गाँजा बरामद
-
भाषा हराएमा समाज कमजोर हुनसक्छ : सभापति देउवा
-
सम्बन्ध विच्छेदको हल्लाबारे के भन्छिन् मिशेल ?
-
पूर्वप्रधानमन्त्री शेख हसिना विरुद्ध अर्को पक्राउ पुर्जी जारी
-
जनतासँग माओवादी तराई मधेस जागरण अभियान पुन: सुरु