सत्ता राजनीति
मधेसमा माओवादीले फेर्यो मन्त्री
बिहीबार, ०६ वैशाख २०८१, १५ : २४
काठमाडौँ । मधेस प्रदेश सरकारमा माआवादी केन्द्रले आफ्नो मन्त्री फेरेको छ । माआवादीले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रीबाट सुनिता यादवलाई हटाएर युवराज भट्टराईलाई ल्याउने भएको हो ।
मधेसमा माओवादीले दुई मन्त्रालय पाएको छ । उद्योग मन्त्रालय पहिलादेखि नै माओवादीले सम्हाल्दै आएको छ । अर्थ मन्त्रालयमा पनि माओवादीले दाबी गरेको छ ।
माओवादी प्रदेशसभा संसदीय दलका नेता भरत साहले अर्थ मन्त्रालयमा आफूहरुको दाबी रहेको बताए । मन्त्रालयमा टुंगो नलागेसम्म विनाविभागीय मन्त्रीको रुपमा शपथ लिने उनले बताए ।
यस्तै नेकपा एकीकृत समाजवादीले बेची लुगेलीलाई मन्त्री बनाउने भएको छ । एकीकृत समाजवादीका सांसद रत्नेश्वर गोइतका अनुसार बेची लुगेलीलाई मन्त्री बनाउन औपचारिक निर्णय भने भएको छैन । एकीकृत समाजवादीलाई श्रम मन्त्रालय दिने तयारी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीबारे देउवा र प्रचण्डको एकैदिन विपरीत टिप्पणी
-
झापामा ६ राउण्ड गोली प्रहार, एक जना लागू औषध कारोबारीको खुट्टामा लाग्यो गोली
-
नक्कली एक्स अकाउन्टले सोनु निगम हैरान, भने- मेरो ज्यान जोखिममा छ
-
‘रंगी’को शीर्ष गीतमा रोमान्टिक सलोन र मलिका
-
लागू औषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले चलायो गोली
-
सत्तापक्ष र प्रतिपक्षबिच भयो सहमति, बागमती प्रदेश सभा सञ्चालन हुने