सहकारी प्रकरण
सुप्रिम सहकारी घोटाला प्रकरण : ४ जनाको बयान जारी
बिहीबार, ०६ वैशाख २०८१, १४ : ५३

बुटवल । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीमा भएको घोटाला प्रकरणमा पक्राउ परेकाहरूको बयान भइरहेको छ । बिहीबार जिल्ला अदालत रुपन्देहीमा ४ जनाको बयान चलिरहेको हो । यसअघि दीपेश पुनसहित ३ जनाको बयान सकिएको थियो ।
जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी अनन्त राम मरासिनीले न्यायाधीश डा प्रकाश उप्रेतीको इजालालमा बयान चलिरहेको बताए ।
उनका अनुसार उक्त मुद्दा प्रतिवादी बनाएका २८ जनामध्ये निता थापा मगर, दीपक न्यौपाने, रोशनी गुरुङ र नवीन अछामीको बिहीबार बयान लिने काम भइरहेको छ । उनीहरूको बयान सकिएपछि थुनछेक बहस हुनेछ ।