काँग्रेसमा युवा नेताहरुनै विभाजित, गगन समुहपछि आउने भयो अर्को नयाँ प्रस्ताव
काठमाडौं– कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा युवा केन्द्रीय सदस्यहरुनै विभाजित देखिएका छन् । निर्वाचन समीक्षाका लागि डाकिएको बैठकमा २२ युवा सदस्यहरुको संयुक्त प्रस्ताव ल्याउने भनिए पनि युवाहरुबीच संयुक्त प्रस्तावमा एकमत नभएपछि दुई प्रस्ताव आउने निश्चित भएको हो ।
बैठकको ९ औं दिन दोश्रो वक्ताका रुपमा बोलेका केन्द्रीय सदस्य गगन थापाले सात युवा नेताहरुको सामुहिक प्रस्ताव बैठकमा पेश गरेका थिए । थापाले राखेको प्रस्ताव प्रदिप पौडेल, गुरुराज घिमिरे, चन्द्र भण्डारी, धनराज गुरुङ, रामकृष्ण यादव र जीवन परियारको सामुहिक प्रस्ताव भएको बताइएको छ । जारी वैठकमा केन्द्रीय सदस्य नविन्द्रराज जोेशी र कल्याण गुरुङको पहलमा १५ सदस्यहरुले आजैको बैठकमा अर्को प्रस्ताव पनि पेश गर्ने भएका छन् । बैठकमा ल्याउन लागिएको युवाहरुको अर्को प्रस्तावमा कमला पन्त, सरिता प्रसाई र बद्रि पाण्डेको पनि समर्थन रहने बताइएको छ ।
थापाले राखेको प्रस्तावमा विगतको पृष्ठभूमिलाई सबिस्तार रुपमा राखिएको छ । सामुहिक प्रस्तावमा निर्वाचन पराजयमा एउटा मात्रै कारण नभएको उल्लेख गरिएको छ । तर, हारमा जिम्मा कसले लिने भन्नेमा द्धिविधा नभएको प्रस्तावमा जनाइएको छ ।
प्रस्तावमा शीघ्र महासमिति बैठक बोलाई महाधिवेशन गराएको अवस्थामा सभापतिको ब्यक्तिगत हित हुने प्रस्तावमा सभापतिलाई सुझाइएको छ । आगामी निर्वाचनमा काँग्रेसको बहुमत ल्याउनका लागि १५ लाख थप मतदाता आवश्यक रहेको जनाउँदै प्रस्तावमा मतदातालाई आकर्षित र विश्वास दिलाउन आवश्यक रहेको जनाइएको छ ।
चैत ९ बाट जारी बैठकमा युवा सदस्यहरुको सामुहिक प्रस्ताव ल्याउने तयारी भइरहेको थियो । विगतको लामो पृष्ठभूमिलाई पनि कारक मान्ने कि आगामी रणनीतिका विषयमा मात्रै केन्द्रीत हुनुपर्ने विषयमा एकमत नभएपछि छुट्टाछुट्टै प्रतिवेदन पेश गर्ने युवाहरुले तयारी गरेका हुन् ।
युवा नेता थापाले युवाहरुको तर्फबाट आउने अर्को प्रस्तावको विपक्षमा आफु नरहेको बताए । उनले भने–‘आजको स्थिति निर्माण हुनुमा विगतको इतिहास पनि हेरौं भन्ने हो । केही साथीहरुले आगामी रणनीतिका विषयमा मात्रै केन्द्रीत हुनुपर्ने भन्ने छ ।’ शीघ्र महासमिति र महाधिवेशनका विषयमा एकमत रहेको उनले बताए । केन्द्रीय सदस्य प्रदिप पौडेलले थापाको प्रस्तावमा समर्थन जनाएका युवा सदस्यहरु अर्को प्रस्तावमा पनि सँगै रहेको बताए ।
वैठकमा आज केन्द्रीय सदस्यहरु साथै पदाधिकारीले आफ्ना धारणा राख्ने क्रम सकिने जनाइएको छ । वुधबारको वैठक स्थगित गरि बिहिबार टुङ्याउने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सार्कले गर्दा नेपाललाई केही फाइदा हुँदैन, बरु बीबीआईएन ठिक छ’
-
सैफलाई अस्पताल पुर्याउने अटो चालकलाई बक्सिस दिँदै मिका सिंह
-
संन्यास लिन लागेकी हुन् रश्मिका मन्दानाले ?
-
फूल ‘एक्सन’मा ट्रम्प, सीमामा पठाए १५०० सिपाही
-
भारतमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो, ३ जना नेपालीको सनाखत
-
गेग्य्रान बगर बन्यो ‘सुन फल्ने’ जमिन