फोटोफिचर
बालबालिकाका लागि भिटामिन ‘ए’ राष्ट्रिय अभियान, तस्बिरमा हेर्नुहोस्
बिहीबार, ०६ वैशाख २०८१, १४ : ३१
![बालबालिकाका लागि भिटामिन ‘ए’ राष्ट्रिय अभियान, तस्बिरमा हेर्नुहोस्](https://npcdn.ratopati.com/media/news/vitamin-cover_A7gJY9IUIT.jpg)
काठमाडौँ । सरकारले वैशाख ६ र ७ गते आजबाट बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने राष्ट्रिय अभियान सञ्चालन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक सूचना जारी गर्दै यही वैशाख ६ र ७ गते भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गरेको हो ।
सो कार्यक्रममा खोप लगाउन छुटेको बालबालिकालाई खोप पनि लगाउन मन्त्रालयले अनुरोध गरेको छ । नियमित खोप लगाउन नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न मन्त्रालयको आग्रह छ ।
खोपले रोग प्रतिरोधात्मक क्षमताको विकास गर्ने हुँदा सबै बालबालिकालाई नियमित खोप लगाउनसमेत मन्त्रालयले उल्लेख गरेको छ । सोही अभियान अन्तर्गत राजधानीको विभिन्न वडाहरूमा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परिवर्तनको संवाहक माओवादी नै हो भन्ने प्रस्ट भएको छ : अध्यक्ष प्रचण्ड
-
मन्त्रीहरूको कार्यसम्पादनसँग सन्तुष्ट छैनन् कर्णालीका मुख्यमन्त्री !
-
बालुवाटारमा सत्ता पक्षीय दलको बैठक
-
सिँचाइले सुक्खा जमिन हराभरा बन्दै
-
खार्मीका ३६ किसानलाई आधुनिक मौरीका घार
-
सामुदायिक वनमा लागेको आगो निभाउन कठिन, जोखिममा भेडीगोठ