इराकमा पहिलोपटक सांगीतिक प्रस्तुति दिँदै राजेशपायल

काठमाडौँ । केही अगाडि पत्नी सङबुङ राईसँग डिभोर्सको कारणले चर्चामा छाएका गायक राजेश पायल राईले इराकमा प्रस्तुति दिने भएका छन् । विश्वका प्राय: देशमा सांगीतिक कार्यक्रम गरिसकेका राई इराकमा भने पहिलोपटक गुञ्जन लागेका हुन् ।
इराकमा पहिलोपटक प्रस्तुत हुन पाउँदा निकै खुसी लागेको राईले बताए । शुक्रबार इराकको कुर्दिस्तानमा आयोजित कार्यक्रमका लागि राई इराक पुगिसकेका छन् ।
कुर्दिस्तान त्यो स्थान हो जहाँ, इराकी आतंककारी समूह ‘अन्सर अल सुन्ना’ ले २०६१ भदौ १५ मा १२ जना नेपालीको हत्या गरेको थियो ।
१२ जना नेपालीको हत्यापछि पनि इराकमा रोजगारीको क्रममा थुप्रै नेपाली इराक पुगेका छन् । उनीहरूकै अनुरोधमा साङ्गीतिक प्रस्तुति दिन राई त्यहाँ पुगेका हुन् । इराकमा पनि आफ्ना नयाँ पुराना गरी डेढ दर्जन गीत प्रस्तुत गर्ने उनले बताए ।
राजेशपायल बाह्रै मास देश–विदेशको कार्यक्रममा व्यस्त रहने कलाकार हुन् । अमेरिकामा १७ औँ पटक कार्यक्रम गरिसकेँ उनले इराक कार्यक्रममा अविस्मरणीय तुल्याउन कुनै कसर नछाड्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारभित्रै सीप सिकेर कमाउँछन् कैदीबन्दीहरू
-
यो सिजन दोस्रो पटक आमनेसामने हुँदै कोलकाता र पञ्जाब
-
कोशीमा पर्यटन वर्ष सुरूसँगै पर्यटकको चहलपहल बढ्यो
-
जनमत–नागरिक उन्मुक्ति एकता : मतदाता परिचय पत्रसहित बैठकमा उपस्थित हुन जनमतको आग्रह
-
सरकार र आन्दोलनरत शिक्षकबिच वार्ता : छलफललाई निरन्तरता दिने सहमति
-
नेपालमा कति छन् विद्यालय ?