चलचित्र कलाकार संघले ‘फान अवार्ड’ गर्ने

काठमाडौँ । नेपाल चलचित्र कलाकार संघले ‘तेस्रो फान अवार्ड’को आयोजना गर्ने भएको छ । यसका लागि तयारी तीव्र रूपमा अगाडि बढाइएको संघका महासचिव सविन श्रेष्ठले जानकारी दिए । सविनका अनुसार, यो वर्ष अझै सभ्य र भव्य रूपमा अवार्ड आयोजना गरिनेछ ।
कलाकार संघले वि.सं २०७२ र २०७४ सालमा अवार्डको आयोजना गरेको थियो । यसपछि, कोभिड महामारीका कारण अवार्डलाई निरन्तरता दिन सकेको थिएन । तर, अब निरन्तर रूपमा ‘फान अवार्ड’ आयोजना हुने संघले बताएको छ ।
कलाकार संघले वि.सं २०७९ र २०८० सालमा रिलिज भएका फिल्महरूलाई यो वर्ष अवार्ड दिनेछ । दुई वर्षको छुट्टाछुट्टै अवार्ड विभिन्न विधामा प्रदान गर्ने तयारी संघको छ । यसका लागि केही दिनमै आवेदन फाराम खोल्ने तयारी समेत संघको छ ।
संघले यो वर्ष आयोजना हुने भव्य कार्यक्रमले उत्कृष्टताको उत्सव, नेपाली फिल्म, फिल्मीकर्मी, कलाकारहरूको अथक प्रयासलाई उच्च मूल्याङ्कन गर्दै नेपाली मनोरञ्जन उद्योगको अदम्य भावनाको प्रमाण दिने विश्वास पनि व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षित हुन्छ त अनुहारमा कागती दल्नु ?
-
शिक्षक सडकमा : सरकार शयनमा
-
बबई नदीमा प्रशासनले मोटरबोट सञ्चालनमा लगायो रोक
-
निषेधाज्ञा हटेपछि मात्रै एमाले वीरगञ्ज महानगर कमिटिको मतदान हुने
-
नेकोस सातौँ अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिप वैशाख पहिलो साता
-
‘संविधान संशोधनभन्दा पनि त्यसको समीक्षा गरेर अघि बढ्नुपर्छ’