बुधबार, १४ कात्तिक २०८१
ताजा लोकप्रिय
राजनीति

माधवसँगको भेटपछि शीर्ष नेतासँगको छलफलमा देउवा

बिहीबार, ०६ वैशाख २०८१, १० : २४
बिहीबार, ०६ वैशाख २०८१

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेतासँग छलफल थालेका छन् । बुधबार साँझ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेटवार्ता गरेका देउवाले बिहीबार बिहान आफ्नो निवास बुढानीलकण्ठमा शीर्ष नेतासँग छलफल थालेका हुन् । 

सभापति देउवाका स्वकीय सचिव भानु देउवाले गण्डकी प्रदेश शीर्ष नेताहरूबिच छलफल भइरहेको बताए । बुढानीलकण्ठमा कांग्रेसका शीर्ष नेतासँगको छलफल कानुनविद् पनि सहभागी छन् ।

प्रदेश प्रमुख  डिल्लीराज भट्टले वैशाख ७का लागि प्रदेशसभा बैठक आह्वान गरेकोमा कांग्रेसले आपत्ति जनाएको छ । मुख्यमन्त्री खगराज अधिकारीले वैशाख १० मा विश्वासको मत लिने तयारी छ । 

मुख्यमन्त्री अधिकारीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट परेका बेला विश्वासको मत लिने तयारी थालेपछि नयाँ रणनीति बनाउन देउवाले शीर्ष नेतासँग थालेको भानुको भनाइ छ । एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा कांग्रेसको सहयोग मागेकोबारे पनि छलफल भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप