रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा
![रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा](https://npcdn.ratopati.com/media/news/real_SZDzpa650g.jpg)
काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । डिफेन्डिङ च्याम्पियन इंग्लिस क्लब म्यान्चेष्टर सिटीलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै सर्वाधिक सफल टिम रियलले अन्तिम चारको यात्रा पक्का पारेको हो । यो पराजयसँगै म्यान्चेष्टर सिटीको एउटै सिजन तीनवटा उपाधि जित्ने लक्ष्य अपूरो भएको छ ।
पहिलो लेगमा ३–३ को बराबरी खेलेका युरोपेली फुटबलका दुई महारथी दोस्रो खेलमा १–१ गोलको बराबरीमा रोकिएपछि सेमिफाइनल पुग्ने टोलीको निर्णय पनाल्टी सुटआउटबाट भएको थियो । पेनाल्टीमा बर्नाडो सिल्भा र माटेओ कोभासिचले गोल गर्न नसक्दा सिटीको यात्रा रोकिएको हो ।
यसअघि १२औँ मिनेटमै रोद्रिगोले गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाएका थिए । भिनिसियस जुनियरले डिबक्सभित्रबाट दिएको पासलाई रोद्रिगोले दोस्रो प्रयासमा गोल गरेका थिए । ७६औँ मिनेटमा केभिन डि ब्रुयनाले बराबरी गरेका थिए । ८१औँ मिनेटमा केभिन डि ब्रुयनाले पेनाल्टी एरियाबाट गरेको प्रहार आकाशिँदा सिटीले अग्रता लिने राम्रो मौका गुमाएका थिए । त्यसपछि दुवै टिमले गोल गर्न नसक्दा खेल पेनाल्टीमा गएको हो ।
च्याम्पियन्स लिगको सबैभन्दा सफल टिम रियल मड्रिडले १४ पटक उपाधि जितिसकेको छ भने म्यान्चेष्टर सिटीले गत सिजन पहिलो उपाधि जितेको हो ।
अब रियल मड्रिडले सेमिफाइनलमा जर्मन प्रतिद्वन्द्वी बायर्न म्युनिकको सामना गर्नेछ । जोसुवा किम्मिचको दोस्रो हाफको गोल निर्णायक बन्दा बायर्नले अन्तिम चारको स्थान सुरक्षित गरेको हो ।
पहिलो लेगमा २–२ गोलको बराबरी भएको दुई टोलीबीच म्युनिकमा भएको दोस्रो लेगमा किम्मिच नायक बने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता