ऊर्जाका लागि त्रिपक्षीय सम्झौतामा बंगलादेशको जोड

काठमाडौँ । बंगलादेश–भारत–नेपालबिचको त्रिपक्षीय ऊर्जा सम्झौता छिट्टै टुङ्गोमा पुर्याउने विषयमा छलफल भएको छ । नेपाल र बंगलादेशबिच तेस्रो चरणको फरेन अफिस कन्सल्टेसन (एफओसी) बैठकमा यस विषयमा छलफल भएको हो ।
बैठकको नेतृत्व नेपालबाट परराष्ट्र सचिव सेवा लम्साल र बंगलादेशबाट विदेश सचिव मसुद बिन मोमेनले गरेका थिए । बैठकमा बंगलादेशका विदेश सचिव मोमेनले ऊर्जाका लागि बंगलादेश–भारत–नेपाल बिच समझदारी बने बंगलादेशलाई नेपालबाट विद्युत् आयात गर्न सजिलो हुने धारणा राखेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालले भारतलाई १० हजार मेगावाट बिजुली बेच्ने सम्झौता भइसकेको छ । नेपालले बंगलादेशसँग पनि छलफल चलाइरहेको बेला विदेश सचिव मोमेनले त्रिपक्षीय सम्झौता भए झन् राम्रो हुने बताएका हुन् ।
बंगलादेशका विदेश सचिव मोमेनले लुम्बिनीमा गुम्बा निर्माणका लागि जग्गा उपलब्ध गराएकोमा नेपाल सरकारलाई धन्यवाद दिए । आगामी दिनमा नेपाल र बंगलादेशबिच जनस्तरको सम्बन्ध हुने उनले धारणा राखे ।
परराष्ट्र सचिव सेवा लम्सालले बंगलादेश र नेपाल बिच आर्थिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा उपयुक्त सम्भावनाको खोजी गर्नुपर्नेमा जोड दिइन् । नेपालले बंगलादेशसँग थप व्यापार र लगानीमा सहकार्य गर्न चाहेको बताउँदै सचिव लम्सालले नेपालमा जलविद्युत् क्षेत्रमा लगानीका अवसर खोज्न बंगलादेशी पक्षलाई आग्रह गरिन् । बंगलादेशमा निकासी हुने नेपाली उत्पादनमा लगाइने विद्यमान अन्य शुल्क हटाउन पनि बंगलादेश सरकारलाई उनले आग्रह गरिन् ।
उनीहरूको बिचमा क्षेत्रीय सहयोग प्रवर्द्धनका लागि सार्कलाई पुनरुत्थान र बिमस्टेकलाई सुदृढ तुल्याउने विषयमा जोड दिइएको थियो । विभिन्न बहुपक्षीय फोरमहरूमा विशेष गरी संयुक्त राष्ट्र सङ्घ तथा एलडीसी स्नातक, गरिबी निवारण, जलवायु परिवर्तन र आप्रवासी कामदारहरूको सुरक्षाका क्षेत्रमा सहकार्य गर्ने छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपालको परराष्ट्र मामिला संस्थान र बंगलादेशको फरेन सर्भिस एकेडेमी बिच भएको समझदारी पत्रमा पनि दुई देशका विदेश सचिवले हस्ताक्षर गरेका छन् ।
बंगलादेशका विदेश सचिव मोमेनले आजै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजीसँग पनि भेटवार्ता गरेका थिए । सो अवसरमा दुई देशको आपसी हितको विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ
-
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान
-
अन्तर्राष्ट्रिय सेफ सोसाइटीले भृकुटीमण्डपमा फुड फेस्टिभल गर्दै
-
नगर कार्यपालिकाको निर्णयअनुसार तत्काल शिक्षक दरबन्दी मिलान नगर्नु : उच्च अदालत दिपायल