प्रधान सेनापति शर्मा र भारतीय लेफ्टिनेन्ट जनरल नायरबिच भेटघाट
बुधबार, ०५ वैशाख २०८१, १९ : ५९

काठमाडौँ । भारतीय लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरले प्रधान सेनापति प्रभुराम शर्मासँग भेट गरेका छन् । भेटका क्रममा द्विपक्षीय सैनिक सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।
जनरल नायरको भ्रमणका क्रममा भएको यो छलफलले दुई मुलुकबिचको सैन्य सम्पर्कलाई थप बलियो र सुदृढ बनाउने विश्वास लिइएको छ ।
दुवै देशका सेनाहरूबिच लामो समयदेखि नै राम्रो सम्बन्ध रहिआएको छ भने जंगी अड्डामा भएको यो भेटले उक्त सम्बन्धलाई थप मजबुत बनाउने विश्वास लिइएको छ ।
भारतीय लेफ्टिनेन्ट जनरल नायर ३ दिनअघि नै स्वदेश फर्किसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानी जहाज कार्यालयका कर्मचारीको गुनासै गुनासो
-
दिल्लीमा महत्वपूर्ण सम्झौता गरेर खानेपानीमन्त्री यादव स्वदेश फिर्ता
-
१२ बजे, १२ समाचार : राजनीतिमा फर्किने चर्चाबीच विद्या भण्डारीको प्रधानमन्त्रीलाई सन्देशदेखि माओवादी अभियानसम्म
-
सन्त नेता किसुनजीको १४ औँ स्मृति दिवसमा गङ्गा आरती
-
दिल्लीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा
-
एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस