शिवगोपाल रिसाललाई पाणिनी पुरस्कार

काठमाडौँ । विश्व हिन्दु महासङ्घले वेदान्तका प्रखरवक्ता एवं प्राध्यापक शिवगोपाल रिसाललाई विसं २०८० को पाणिनी पुरस्कार प्रदान गरेको छ । महासङ्घको ४४ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष तथा सांसद पशुपतिशम्शेर जबराले रिसाललाई रु २५ हजार राशिको पुरस्कार र सम्मानपत्र प्रदान गरे ।
त्यस अवसरमा रु ५० हजार राशिको ‘भरतकेशर सिंह विश्व हिन्दु अन्तर्राष्ट्रिय’ पुरस्कार महन्थ सुरेन्द्रनाथ अवधूतलाई प्रदान गरियो । कार्यक्रममा नीना भेटुवाल, सोभित उप्रेती र लक्ष्मण सापकोटालाई ‘विश्व हिन्दु सेवा रत्न’ सम्मान प्रदान गरियो ।
मुलुकको कला, धर्म, संस्कृति, भाषा, संस्कार, वेशभूषा तथा सनातन वैदिक उन्नयनमा विशिष्ट योगदान पुर्याउने प्राडा माधवप्रसाद भट्टराई, वरिष्ठ अधिवक्ता शेरबहादुर केसीलगायत ११ जनालाई पनि समारोहमा सम्मान गरियो ।
रामनवमीका अवसरमा आयोजित उक्त कार्यक्रममा जैन, शिख, बौद्ध धर्म गुरुले स्वस्ति वाचन गर्नाका साथै मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको तस्बिरमा माल्यार्पण गरे । विसं २०३० मा स्थापित महासङ्घले विश्वभर रहेका वैदिक सनातन धर्मावलम्बीलाई एकाकार गरी विश्वशान्ति र सहअस्तित्व कायम गर्ने साझा संस्थाका रुपमा काम गर्दै आएको कार्यवाहक अध्यक्ष अस्मिता भण्डारीले जानकारी दिइन् । त्यसअ वसरमा महासङ्घद्वारा प्रकाशित ‘धम’ नामक स्मारिकको विमोचन गरियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा
-
गर्मी छल्न लेकमा सार्न थालियो पशुगोठ
-
जागरण अभियानले जनतामा आशा जागेको छ : प्रचण्ड
-
कोलकाताले दियो २ सय ५ रनको लक्ष्य, अन्त्य होला दिल्लीमा जितको ८ वर्षको पर्खाइ ?
-
कजरिया टायल्सलाई दुई लाख ८५ हजार जरिवाना, कारोबार पनि रोक्का