दुबईमा 'क्लाउड सिडिङ' गरेको होइन : यूएई सरकार

दुबई । मंगलबारदेखि भारी वर्षाका कारण दुबई डुबानमा परेको छ । यसैबिच क्लाउड सिडिङ गरेर कृत्रिम वर्षा गराइएको खबरहरूको संयुक्त अरब इमिरेट्स (यूएई) सरकारको मौसम विभागले खण्डन गरेको छ । मंगलबार यूएईमा भारी वर्षा हुनु अघि आफूहरूले क्लाउड सिडिङका लागि पाइलटहरू नपठाएको विभागको भनाइ छ ।
मंगलबार अल इनमा २५० एमएमभन्दा बढीको वर्षा भएको विभागले बताएको छ । दुबईमा भने १०० एमएमभन्दा धेरैको वर्षा भएको थियो । यूएईमा वर्षभरमा १४० देखि २०० एमएमसम्मको वर्षा हुने गरेको छ । मंगलबार अमेरिकी पत्रिका ब्लुम्बर्गले क्लाउड सिडिङका कारण दुबईमा बाढी खराब बन्दै गएको भन्दै खबर छापेको थियो ।
समाचारमा मौसमविद् अहमद हबिबले मंगलबारको वर्षाको कारण आंशिक रुपमा क्लाउड सिडिङ पनि भएको बताएका थिए । तर पछि हबिबले सीएनबीसीसँगको कुराकानीमा नियमित प्रोटोकलअनुसार ६ पाइलट पठाइएको भए पनि क्लाउड सिडिङ नभएको बताए ।
यूएईले पानीको अभाव कम गर्न वर्षाको स्तर बढाउन क्लाउड सिडिङ पद्दतिको प्रयोग गर्दै आएको छ । सन् १९९० को दशकमा यो मिसन सुरु गरिएयता बर्सेनि १ हजार घण्टा भन्दा बढी क्लाउड सिडिङ गरिँदै आएको छ । भारी वर्षा हुने भनेर आफ्नो सिस्टमले ट्र्याक गरेको भए पनि सो अवधिमा क्लाउड सिडिङ नगरेको युएईको भनाइ छ । आँधीबेहरी र बाढी प्राकृतिक वर्षासँगै आएको उसको भनाइ छ ।
गएको केही वर्षयता यूएईमा भारी वर्षा भइरहेका छन् । आगामी वर्षहरूमा वर्षा १५ देखि ३० प्रतिशतले बढ्ने साइन्स जर्नल नेचरमा छापिएको एउटा रिपोर्टमा भनिएको थियो । युएईको मौसम शुष्क छ । तर जलवायु परिवर्तनसँगै हालैका वर्षहरूमा मौसमको प्रवृत्ति फेरिँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटको चाँदी खोलामा बालकको शव फेला
-
‘भ्यू टावरमा भएको लगानी उठाउन गाह्रै छ’
-
क्यानेडियन प्रतिद्वन्द्वीसँग हार्यो मेस्सी आबद्ध इन्टर मियामी
-
नेपालमा भ्यू टावर निर्माण : पर्यटकीय अवसर कि राज्य स्रोतको दुरुपयोग ?
-
प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँ: गृहमन्त्री लेखक
-
धनगढी–खुटिया सडकखण्डमा दुई वटा पक्की पुल निर्माण गरिँदै