बाढीमा डुबेको दुबई, तस्बिर
बुधबार, ०५ वैशाख २०८१, १५ : ४२

दुबई । भारी वर्षा र आँधीले खाडीका केही राज्य बाढीको चपेटामा परे । बाढीको कारण मंगलबार दुबई विमानस्थल नै बन्द गर्नु परेको थियो । प्रायजसो गर्मी र घमाइलो मौसम हुने संयुक्त अरब इमिरेट्स (यूएई)मा २४ घण्टाको अवधिमा १०० एमएम भन्दा बढी वर्षा भयो । यो ७५ वर्षयता वर्षासम्बन्धी रेकर्ड राख्न थालेयताकै धेरै थियो ।
स्थानीय सरकारले रेड अलर्ट जारी गरेको छ भने कार्यालय, विद्यालय र बैंक नै बन्द गरिएको छन् । आँधीको चपेटामा मध्य पूर्वका अन्य क्षेत्र पनि परेका छन् । ओमानमा बाढीकै कारण कम्तीमा १९ जनाको ज्यान गएको भन्दै स्थानीय सञ्चार माध्यमले समाचार छापेका छन् ।
बाढीको पानीले सडक डुबानमा पर्दा सवारी साधनहरू गुड्नै गाह्रो भएको देखिन्थ्यो । सडकमा कयौँ सवारी साधन पानीमा चुर्लुम्म डुबेका थिए । तस्बिरमा हेर्नुस् बाढी कारण डुबानमा परेको दुबई:
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिता र बुचलाई फिर्ता ल्याउने अभियान फेरि भयो स्थगित
-
युद्ध विरामका लागि ट्रम्पसामु पुटिनले राखे यी दुई सर्त, अब के गर्लान् जेलेन्स्की ?
-
होलीको दिन के गर्दैछन् नेताहरू ?
-
चैत महिनाका लागि एक दर्जन बैंकले गरे ब्याजदर घटबढ
-
चालकले लागु पदार्थ सेवन गरेको जाँच गर्न इन्स्पेक्टरको नेतृत्वमा टोली परिचालन
-
होलीलाई सुरक्षित बनाउन रौतहटमा ५१३ प्रहरी परिचालन गरिने