एसीसी प्रिमियर कप क्रिकेट
१७ रन बनाउँदै आउट भए दीपेन्द्रसिंह ऐरी
बुधबार, ०५ वैशाख २०८१, १५ : ४३

काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा साउदी अरेबियाले दिएको एक सय ७४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले चौथो विकेट गुमाएको छ ।
नेपालले चौथो विकेटका रुपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको हो । उनी नौ बलमा तीन चौकाको मद्दतले १७ रन बनाउँदै पेभेलियन फर्किएका हुन् । उनलाई साउदी अरेबियाका बलर वाजी उल हसनले ईस्तिक अहमदद्वारा क्याच गराए । पाँचौँ ओभरको अन्तिम बलमा दीपेन्द्र आउट हुँदा नेपालले ४८ रन बनाएको छ । नेपाललाई जितका लागि १८ बलमा २६ रन चाहिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कफीदेखि फलफूलसम्म : खाली पेटमा कहिले पनि नखानुहोस् यी ५ चिज
-
थकाली समुदायमा ‘तोरन ल्ह’ पर्वको रौनक
-
गण्डकीका ४१ क्याम्पसमा स्ववियु निर्वाचन : कतै तालाबन्दी, कतै निर्विरोध
-
होली पर्वले संस्कृति र आत्मस्वाभिमानको सम्मान गर्न अभिप्रेरित गर्छ : प्रचण्ड
-
सनातन संस्कृतिमा होली र फागु
-
सय दिनसम्म बाँचे टाइटानियमको कृत्रिम मुटुजडित पुरुष