आईसीसी वरीयतामा दीपेन्द्रको छलाङ, म्यासवेल र स्यान्टरलाई पनि उछिने

काठमाडौँ । आईसीसीको पुरुष टी–२० अलराउन्डरको वरीयतामा नेपालका दीपेन्द्र सिंह ऐरीले ठुलो फड्को मार्न सफल भएका छन् । पछिल्लो समय टी–२० खेलहरूमा उत्कृष्ट प्रदर्शन गरिरहेका ऐरी १४ स्थानमाथि उक्लिन सफल भएका हुन् ।
नयाँ वरीयता अनुसार ऐरी ११ औँ स्थानमा उक्लिएका छन् । १ सय ४५ रेटिङसहित उनले अस्ट्रेलियाका मिचेल मार्स, जेसन होल्डर, न्युजिल्याण्डका मिचेल स्यान्टनर, अस्ट्रेलियाकै ग्लेन म्याक्सवेलजस्ता खेलाडीहरूलाई उछिन्न सफल भएका हुन् ।
आईसीसीको टी–२० पुरुष अलराउन्डरको वरीयताको शीर्ष स्थानमा बंगलादेशका शाकिब अल हसन रहेका छन् । दोस्रो स्थानमा वानिन्दु हसरंगा, तथा तेस्रो स्थानमा अफगानिस्तानका मोहम्मद नाबी रहेका छन् ।
त्यसपछि क्रमशः दक्षिण अफ्रिकाका ऐडेन मार्क्रम, अस्ट्रेलियाका मार्कस स्टोइनिस, जिम्बाव्वेका सिकन्दर राजा, भारतका हार्दिक पाण्ड्या, इंग्ल्याण्डका लियाम लिभिङस्टोन र मोइन अली तथा पाकिस्तानका शादाब खान छन् ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशले आलु र धागो निर्यातमा रोक लगाउँदा नेपाललाई पर्दैन असर
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै
-
कालीगण्डकी डाइभर्सनविरुद्ध तल्लो तटीय क्षेत्र, १० पालिकाको विरोध
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
झापाका किसान गहुँ खेती छोडेर मकैतर्फ आकर्षित