साउदी अरेबियाले नेपाललाई दियो ७४ रनको लक्ष्य
काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा साउदी अरेबियाले नेपाललाई जितका लागि ७४ रनको लक्ष्य दिएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको साउदी अरेबियाले निर्धारित आठ ओभरमा सात विकेट गुमाएर ७३ रन बनाएको हो ।
साउदी अरेबियाका लागि अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपाली टोलीका बलर करण केसी र अविनाष बोहराले दुई–दुई विकेट लिए । ललित राजवंशी र प्रतिस जिसीले पनि एक–एक विकेट हात पारे ।
साउदी अरेबियाको पहिलो विकेट पनि करण केसीले लिएका थिए । उनले साउदी अरेबियाका ओपनर ब्याट्सम्यान फैसल खानलाई ६ रनको ब्यक्तिगत स्कोरमा कुशल मल्लद्वारा क्याच गराएका थिए । पहिलो ओभरको दोस्रो बलमा फैसल खान आउट हुँदा साउदी अरेबियाले केवल ६ रन बनाएको थियो ।
साउदी अरेबियाको दोस्रो विकेट पनि करण केसीले नै लिएका थिए । करणले साउदी अरेबियाका तेस्रो नम्बरका ब्याट्सम्यान अब्दुल वाहिदलाई ११ रनको ब्यक्तिगत स्कोरमा कुशल भुर्तेलद्वारा क्याच गराएका थिए । २.१ ओभरमा अब्दुल वाहिद आउट हुँदा साउदी अरेबियाले २० रन बनाएको थियो ।
साउदी अरेबियाको तेस्रो विकेट ललित राजवंशीले लिएका थिए । उनले साउदी अरेबियाका ब्याट्सम्यान वाजी उल हसनलाई तीन रनको ब्यक्तिगत स्कोरमा करण केसीद्वारा क्याच गराएका थिए । चौथो ओभरको अन्तिम बलमा वाजी उल हसन आउट हुँदा साउदी अरेबियाले ४२ रन बनाएको थियो ।
साउदी अरेबियाको चौथो विकेट प्रतिस जिसीले लिएका थिए । प्रतिसले साउदी अरेबियाका ब्याट्सम्यान अब्दुल वाहिदलाई एलबीडब्लूको धरापमा पारेका थिए । पेभेलियन फर्किनुअघि अब्दुल वाहिदले केवल १६ बलमा तीन छक्का र तीन चौकाको मद्दतले ३७ रन बनाएका थिए । ५.४ ओभरमा अब्दुल वाहिद आउट हुँदा साउदी अरेबियाले ५५ रन बनाएको थियो ।
साउदी अरेबियाको पाँचौँ विकेट अविनाष बोहराले लिएका थिए । उनले साउदी अरेबियाका ब्याट्सम्यान कासिफ अब्बासलाई आठ रनको ब्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारेका थिए । ६.२ ओभरमा कासिफ अब्बास आउट हुँदा साउदी अरेबियाले ६३ रन बनाएको थियो ।
साउदी अरेबियाको छैटौँ विकेट पनि अविनाष बोहराले लिएका थिए । उनले साउदी अरेबियाका कप्तान हिसाम शेखलाई दुई रनको ब्यक्तिगत स्कोरमा कप्तान रोहित पौडेलद्वारा क्याच गराएका थिए । ६.४ ओभरमा हिसाम शेख आउट हुँदा साउदी अरेबियाले ६४ रन बनाएको थियो ।
साउदी अरेबियाले सातौँ विकेटका रुपमा भने साद खानलाई पाँच रनको ब्यक्तिगत स्कोरमा गुमाएको थियो । उनी अन्तिम ओभरको अन्तिम बलमा रन आउट हुँदै पेभेलियन फर्किएका थिए । नेपाल र साउदी अरेबियाबिचको खेल नेपाली समय अनुसार, विहान ११ः ४५ बजे सुरु हुने कार्यक्रम थियो । तर, अघिल्लो रातको वर्षाका कारण आउट फिल्ड खेल्न योग्य नभएकाले खेल सुरु हुन ढिलो भएको हो । त्यसैले खेल आठ–आठ ओभरमा झारिएको थियो ।
नेपाली टोली यसअघि नै समूह विजेताका रुपमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने निश्चित भइसकेको छ । नेपाल यसअघि आफूले खेलेका तीनवटै खेलमा विजयी भएको थियो । नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले, दोस्रो खेलमा कतारलाई ३२ रनले र तेस्रो खेलमा हङ्कङलाई आठ विकेटले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई
-
बिहीबारदेखि सभापति कप फुटबल
-
सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने इन्ड्राइभ राइडर पक्राउ
-
बैतडीमा आगलागीबाट सात लाख बढीको क्षति