सोडारीलाई सुदूरपश्चिमको मुख्यमन्त्री बनाउने एकीकृत समाजवादीको निर्णय

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीले सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि दीर्घबहादुर सोडारीलाई अगाडि बढाउने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बुधबार बसेको ८० औ सचिवालय बैठकले सुदूरपश्चिम संसदीय दलका नेता समेत रहेका सोडारीलाई मुख्यमन्त्रीका लागि अगाडि सार्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
पार्टीको १० औ महाधिवेशनको तयारी लगायतको विषयमा छलफल गर्न सचिवालय बैठक पार्टी कार्यालयमा जारी छ । सोही बैठकका क्रममा सुदूरपश्चिमको विषयमा पनि निर्णय भएको हो ।
केन्द्रीय सत्ता गठबन्धन फेरिएपछि कांग्रेस नेतृत्वको गठबन्धनबाट कमल बहादुर शाहले राजीनामा दिएपछि सुदूरपश्चिममा नयाँ सरकार गठनको गृहकार्य भइरहेको छ । तर सत्ता गठबन्धनभित्रै रहेका दलहरुबीच मुख्यमन्त्रीबारे एकरुपता छैन ।
यसअघि नागरिक उन्मुक्तिलाई त्यहाँको मुख्मयन्त्री दिने निर्णय भएकोमा निर्णय परिवर्तन गर्दै एकीकृत समाजावादीलाई दिने निर्णय भएको थियो । तर नाउपामा रेशम र रञ्जिता पक्ष विभाजित छ । रेशमको पक्षमा प्रदेश संसदीय दलका नेता रहेको र यो पक्ष कांग्रेससँगको समीकरणमा रहेकाले सोडारीले समर्थन पाउनेमा अनिश्चितता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धौलागिरिमा तीन वटा लामा झोलुङ्गे पुल निर्माण सुरु
-
शिक्षा ऐन निर्माण नगर्नु सरकारको गैरजिम्मेवारपन हो : जनमोर्चा
-
बंगलादेशद्वारा नेपालसहित भारत र भुटानबाट विभिन्न सामग्री आयातमा रोक
-
अमेरिकासँग रोममा दोस्रो चरणको आणविक वार्ता गर्दै इरान
-
इखा पुखुलाई लिच्छविकालीन अवस्थामा फिर्ता गर्दै छौँ : बालेन
-
वार्षिक नीति तर्जुमा गर्दै लुम्बिनीको सामाजिक विकास मन्त्रालय