चर्चा बटुल्दै गजुरेलको सहिद शुक्रराज शास्त्री गेटअप

काठमाडौँ । हास्य कलाकार मनोज गजुरेल कलाकारिताको सिलसिलामा फरक गेटअप गर्न माहिर छन् । उनले गर्ने अधिकांश गेटअप जीवन्त र चर्चा योग्य हुन्छ ।
यस्तैमा पछिल्लो समय गजुरेलको सहिद शुक्रराज शास्त्री गेट अप चर्चामा छाएको छ । यो गेटअपमा उनले नयाँ वर्ष २०८१ को अवसरमा सिस्नुपानी नेपालले आयोजना गरेको कार्यक्रम ‘शहीद गेट’ का लागि गरेका थिए । जसको भिडियो उनले आफ्नो अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् । सार्वजनिक भिडियोले दिन प्रतिदिन चर्चा बटुल्दैछ ।
२१ मिनेट लामो भिडियोमा गजुरेल शुक्रराज शास्त्री बन्दा कलाकार चक्र दवाडी सहिद दशरथ चन्दको भूमिकामा उनलाई साथ दिएका छन् । यी भूमिका मार्फत कलाकारले इतिहासको सम्झना गर्दै वर्तमानप्रति थुप्रै प्रश्न उठाइएको छ ।
‘हामीले क्रान्ति गर्दा हाम्रो नशा नशामा रातो खुन बग्थ्यो । अहिले त पहेँले सुन बग्न थालेछ’ हातमा श्रीमद्भागवत गीताको पुस्तक समातेका गजुरेलले शुक्रराज शास्त्री गेटअपमा बोलेको यो संवाद वर्तमानप्रति तिखो व्यङ्ग्य हो । शहीद गेटमा राखिएका यी दुई शहीदको प्रतिमा बिचको संवादमा आधारित भिडियोमा देशमा भइरहेका श्रम सहिद र सहिदको घोषणा लहरप्रति समेत प्रहार गरिएको छ ।
स्वदेशी तथा विदेशी चर्चित पात्रमार्फत समाजको चेतनाका लागि विभिन्न व्यङ्ग्य गर्दै आएका गजुरेलको यसपटकको प्रस्तुति विगतका भन्दा निकै मार्मिक छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
फिल्म ‘पिताम्बर’ का दर्शक भेट्न किन हलमा पुगे प्रदीप र दिव्या ?
ऋग्वेदका ऋचा रच्ने लोपामुद्रा को थिइन् ?
जिन्दगानी हाम्रो यो दुई दिनलाई...
जीवन भोगाइ र अनुभवको लिखित सँगालो नै पुस्तक हो : पूर्व प्रधानन्यायाधीश कार्की
‘मलाई धर्म परिवर्तन गर्न कहिल्यै दबाब दिइएन’
शनिबार पनि उपसमितिको छलफल : शिक्षा विधेयकबारे कति दफामा जुट्यो सहमति ?