एसीसी प्रिमियर कप क्रिकेट : करण केसीले नै लिए साउदी अरेबियाको दोस्रो विकेट

काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियाको दोस्रो विकेट लिएको छ । साउदी अरेबियाको दोस्रो विकेट पनि करण केसीले नै लिए ।
करणले साउदी अरेबियाका तेस्रो नम्बरका ब्याट्सम्यान अब्दुल वाहिदलाई ११ रनको ब्यक्तिगत स्कोरमा कुशल भुर्तेलद्वारा क्याच गराएका हुन् । २.१ ओभरमा अब्दुल वाहिद आउट हुँदा साउदी अरेबियाले २० रन बनाएको छ ।
साउदी अरेबियाको पहिलो विकेट पनि करण केसीले नै लिएका थिए । उनले साउदी अरेबियाका ओपनर ब्याट्सम्यान फैसल खानलाई ६ रनको ब्यक्तिगत स्कोरमा कुशल मल्लद्वारा क्याच गराए । पहिलो ओभरको दोस्रो बलमा फैसल खान आउट हुँदा साउदी अरेबियाले केवल ६ रन बनाएको छ ।
नेपालले टस जिती साउदी अरेबियालाई पहिले ब्याटिङको निम्तो दिएको हो । खेल आठ-आठ ओभरमा खेलाइँदै छ । नेपाल र साउदी अरेबियाबिचको खेल नेपाली समय अनुसार, विहान ११ः४५ बजे सुरु हुने कार्यक्रम थियो । तर, अघिल्लो रातको वर्षाका कारण आउट फिल्ड खेल्न योग्य नभएकाले खेल सुरु हुन ढिलो भएको हो ।
नेपाली टोली यसअघि नै समूह विजेताका रुपमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने निश्चित भइसकेको छ । नेपाल यसअघि आफूले खेलेका तीनवटै खेलमा विजयी भएको थियो । नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले, दोस्रो खेलमा कतारलाई ३२ रनले र तेस्रो खेलमा हङ्कङलाई आठ विकेटले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेशजीको बार आज कुन राशिलाई कस्तो फल ?
-
कति पुग्यो अमेरिकी डलरको मूल्य ?, यस्तो छ विदेशी मुद्राको दरभाउ
-
२०८२ सालका लागि चार नयाँ ‘पात्रो’ पञ्चाङ्गलाई स्वीकृति, कुल १८ पात्रो
-
प्रिमियर लिगमा तेस्रो स्थानको नटिङघमलाई सफलता
-
गुजरातको गर्जन कायमै, कोलकातालाई कष्ट
-
मर्स्याङ्दी जलविद्युत प्रभावित १९ परिवालाई मुआब्जा वितरण, प्रतिरोपनी एक करोड ८४ लाख