एसीसी प्रिमियर कप क्रिकेट
करण केसीले लिए साउदी अरेबियाको पहिलो विकेट
बुधबार, ०५ वैशाख २०८१, १४ : २३

काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियाको पहिलो विकेट लिएको छ । साउदी अरेबियाको पहिलो विकेट करण केसीले लिएका हुन् ।
उनले साउदी अरेबियाका ओपनर ब्याट्सम्यान फैसल खानलाई ६ रनको ब्यक्तिगत स्कोरमा कुशल मल्लद्वारा क्याच गराए । पहिलो ओभरको दोस्रो बलमा फैसल खान आउट हुँदा साउदी अरेबियाले केवल ६ रन बनाएको छ ।
नेपालले टस जिती साउदी अरेबियालाई पहिले ब्याटिङको निम्तो दिएको हो । खेल आठ–आठ ओभरमा खेलाइँदै छ । नेपाल र साउदी अरेबियाबिचको खेल नेपाली समय अनुसार, विहान ११ः४५ बजे सुरु हुने कार्यक्रम थियो । तर, अघिल्लो रातको वर्षाका कारण आउट फिल्ड खेल्न योग्य नभएकाले खेल सुरु हुन ढिलो भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिनसम्म बाँचे टाइटानियमको कृत्रिम मुटुजडित पुरुष
-
‘मे त्हलें प्रीब पर्व’ मनाउँदै गुरुङ समुदाय
-
मर्यादित र सभ्य तरिकाले होली मनाउन सभामुख घिमिरेको अपिल
-
होली पर्वको अवसरमा हुने विकृतिलाई निरुत्साहित गर्न अध्यक्ष दाहालको आग्रह
-
आज होली पर्व, हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै
-
युरोपीयन युनियनसँग पनि चर्को भन्सार असुल्ने ट्रम्पको घोषणा