सोमबार, १५ पुस २०८१
ताजा लोकप्रिय

चर्चा बटुल्दै गजुरेलको सहिद शुक्रराज शास्त्री गेटअप

बुधबार, ०५ वैशाख २०८१

काठमाडौँ । हास्य कलाकार मनोज गजुरेल कलाकारिताको सिलसिलामा फरक गेटअप गर्न माहिर छन् । उनले गर्ने अधिकांश गेटअप जीवन्त र चर्चा योग्य हुन्छ ।

यस्तैमा पछिल्लो समय गजुरेलको सहिद शुक्रराज शास्त्री गेटअप चर्चामा छाएको छ ।  यो गेटअपमा उनले नयाँ वर्ष २०८१ को अवसरमा सस्नुपानी नेपालले आयोजना गरेको कार्यक्रम ‘शहीद गेट’का लागि गरेका थिए । जसको भिडियो उनले आफ्नो अफिसियल युट्युब च्यालबाट सार्वजनिक गरेका छन् । सार्वजनिक भिडियोले दिन प्रतिदिन चर्चा बटुल्दै छ ।

२१ मिनेट लामो भिडियोमा गजुरेल शुक्रराज शास्त्री बन्दा  कलाकार चक्र दवाडी सहिद दशरथ चन्दको भूमिकामा उनलाई साथ दिएका छन् । यी भूमिका मार्फत कलाकारले इतिहासको सम्झना गर्दै वर्तमान प्रति थुप्रै प्रश्न उठाइएको छ ।

‘हामीले क्रान्ति गर्दा हाम्रो नशा नशामा रातो खुन बग्थ्यो । अहिले त पहेँले सुन बग्न थालेछ’ हातमा श्रीमद्भागवत गीताको पुस्तक समातेका गजुरेलले शुक्रराज शास्त्री गेटअपमा बोलेको यो संवाद वर्तमान प्रति तिखो ब्याङ्ग्य हो । शहीद गेटमा राखिएका यी दुई शहीदको प्रतिमाबिचको संवादमा आधारित भिडियोमा देशमा भइरहेका श्रम सहिद र सहिदको घोषणा लहर प्रति समेत प्रहार गरिएको छ ।

स्वदेशी तथा विदेशी चर्चित पात्रमार्फत समाजको चेतनाका लागि विभिन्न ब्याङ्ग्य गर्दै आएका गजुरेलको यसपटकको प्रस्तुति विगतका भन्दा निकै मार्मिक छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया