इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?

काठमाडौँ । यही वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा १ मा हुन लागेको निर्वाचनका लागि यतिबेला उम्मेदवारहरू चुनावी प्रचार प्रसारमा खटिएका छन् । आयोगले बुधबार ती क्षेत्रका लागि मतपत्र छपाई गरेर पठाइसकेको छ । आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि विभिन्न तहमा संयन्त्र बनाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले रातोपाटीलाई जानकारी दिए ।
शर्माले भने– ‘आचारसंहिता अनुगमनका लागि आचार संहिता २०७९ अनुसार विभिन्न संयन्त्रहरू बनाइएको छ । जिल्लामा मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा सबै सुरक्षा निकायका प्रमुखहरू रहने गरी एउटा समिति रहेको छ । आचारसंहिता अनुगमन अधिकृतको रूपमा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुखलाई आयोगले तोकेको छ । जिल्लामा आचारसंहिता उल्लङ्घनका काम भएमा तत्काल अनुगमन गर्ने, रोक्ने, बन्द गर्न आदेश दिने र कारबाही गर्नुपर्यो भने आयोगमा सिफारिस गरेर पठाउने काम गर्छ ।’
यस्तै आयोगबाट निर्वाचन आयुक्तको संयोजकत्वमा एउटा समिति रहेको र आयोगका विभिन्न तहका कर्मचारीहरू समेत अनुगमनमा गइरहेको प्रवक्ता पौड्यालले जानकारी दिए ।
उनले भने– ‘मंगलबार आयोगले जिल्लास्थित आचारसंहिता अनुगम समितिलाई निर्देशन दिएको छ । आयोगमा पनि सामाजिक सञ्जालमार्फत हुने भ्रामक अभिव्यक्ति, द्वेषपूर्ण अभिव्यक्ति, घृणास्पद अभिव्यक्तिहरूको सन्दर्भमा त्यस्ता सामाजिक सञ्जाल अनुगमन गर्नका लागि एउटा कमिटी गठन पनि भएको छ ।’
यस्तै निर्वाचन शान्तिपूर्ण, भयरहित वातावरणमा सञ्चालन गर्न आमसञ्चार माध्यमलाई निगरानी गर्नका लागि आयोगले प्रेस काउन्सिललाई लेखी पठाउने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा दुई प्रहरीमाथि चक्कु प्रहार, रोक्न जाने वृद्धको ज्यान गयो
-
बालबालिका हुर्काउने–पढाउने २५ सूत्र !
-
एयरपोर्टमा पार्किङ शुल्क असुल्न ठेक्का आह्वान
-
अमेरिकामा सरकारी कर्मचारी हटाउन मस्कको अर्को निर्णय
-
पाकिस्तानी गजलकार गुलाम अली काठमाडौँमा गुञ्जने
-
प्यालेस्टिनी कैदीहरूको रिहाइमा इजरायलको आनाकानी, राखियो सर्त