राजनीति पछ्याउँदै परिणीति
![राजनीति पछ्याउँदै परिणीति](https://npcdn.ratopati.com/media/news/parineeti_ptyRAXGXep.jpg)
मुम्बई । अभिनेत्री परिणीति चोपडा हालका दिनमा फिल्म ‘अमर सिंह चमकिला’लाई लिएर चर्चामा छिन् । यो फिल्ममा उनको अभिनयको तारिफ राम्रै भइरहेको छ । निजी जिन्दगीलाई लिएर पनि परिणीति निकै चर्चामा आउँछिन् ।
गत वर्ष उनले आम आदमी पार्टीका नेता राघव चड्ढासँग विवाह गरिन् । दुवैले भव्य समारोहबीच उदयुरमा विवाह गरेका थिए । विवाहअघि परिणीतिलाई राजनीतिमा कुनै रुची थिएन । उनले अन्तरवार्ताहरुमा आफूले कोही राजनीतिज्ञसँग विवाह नै नगर्ने बताएकी थिइन् । यद्यपि अहिले उनको विवाह राजनीतिज्ञसँग मात्र भएन, राजनीतिप्रति उनको रुची पनि बढ्दै गएको छ ।
हालैको एक अन्तरवार्तामा राजनीति रुची बारे बताएकी छन् । उनले राघवसँगको पहिलो भेटका बारेमा सम्झँदै त्यो समयमा राघव राजनीतिक पृष्ठभूमिका हुन् भन्नेसमेत आफूले थाहा नपाएको उल्लेख गरेका छन् । ‘अहिले म राजनीति पछ्याउँदैछु । अब त यो काम गर्नै पर्छ’, उनले भनेकी छन् ।
उनले पति राघवप्रति गुनासो पनि गरेकी छन् । ‘उहाँप्रति मेरो यो गुनासो छ कि उहाँ मनोरञ्जनमा चासै लिनुहुन्नँ । उहाँले पछिल्लोपटक कुन फिल्म हेर्नुभयो भन्ने कुरा कि भगवानलाई थाहा छ कि उहाँलाई मात्रै’, परिणीति भन्छिन् ।
परिणीतिका अनुसार राघवलाई फिल्मभन्दा बढी रुची संगीतमा छ । उनले राघव र आफूबीच भेट हुँदा व्यावसायिक कुरा भन्दा पनि व्यवसायिक जीवनभन्दा बाहिरका कुरा बढी हुने खुलाइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटालियन सिरी’एमा लाजियोको फराकिलो जित
-
१२ बजे, १२ समाचार : प्रचण्डको सचिवालयबाट बाहिरिए मल्लदेखि बाबुराम नेतृत्वको नेसपा (नयाँ शक्ति)को महाधिवेशन आयोजक समिति भङ्गसम्म
-
माधवनारायणका व्रतालु चाँगुनारायणबाट फर्किए साँखु
-
मकुना हात्ती मृत्युबारे छानबिन समितिले काम थाल्यो
-
क्रसर उद्योगमा मुख्यमन्त्री सिंहको अनुगमन
-
कर्णाली नदीबाट तीन जनाको उद्धार