सेतो मच्छिन्द्रनाथको पूजा अर्चना गर्नेहरूको भीड
बुधबार, ०५ वैशाख २०८१, १२ : ५५
![सेतो मच्छिन्द्रनाथको पूजा अर्चना गर्नेहरूको भीड](https://npcdn.ratopati.com/media/news/seto-machhindranath-(9)_z81WXB52uR.jpg)
काठमाडौँ । काठमाडौँको प्रसिद्ध सेतो मच्छिन्द्रनाथको पूजा अर्चना गर्नेहरूको भीड लागेको छ । चैत्र शुक्ल अष्टमी (मंगलबार) बाट सुरु भएको रथयात्राको रथ तानेर मंगलबार नै असन पुर्याइएको थियो ।
तीनधारा पाठशालाबाट सुरु भएको रथ जात्रालाई मंगलबार जमलबाट तानेर असन पुर्याइएको थियो । आज (बुधवार) रथलाई तानेर असन, बालकुमारी, केलटोल, इन्द्रचोक, मखन हुँदै हनुमान ढोका पुर्याइनेछ ।
चैत ६ गते सो रथलाई हनुमानढोका दरबार परिसर, मरु टोल, चिकँमुगल, जैसीदेवल ज्याबहाल हुँदै लगन चोक पुर्याइन्छ । मच्छिन्द्रनाथको रथ लगन पुगेपछि यसको स्वागत गरी भोज खाने चलन छ ।
पानी, सहकाल र दीर्घ जीवनको कामना गर्दै यो रथयात्रा निकाल्ने गरिन्छ । सेतो मच्छिन्द्रनाथलाई करुणाको खानी रूपमा पनि लिइन्छ । मल्लकालीन राजा यक्ष मल्लको पालाबाट यो जात्रा सुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हडताली हाट, जहाँबाट सुरु भयो हडताल
-
मलेसियाको जनसंख्या ३४.२ मिलियन पुग्यो
-
फागुन ८ देखि भृकुटीमण्डपमा १० औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने
-
युद्धविराम भए बेलायती सेना युक्रेन जान तयार
-
सुनको मूल्य तोलामा ११०० रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
-
पाकिस्तान : यात्रुवाहक बसका ७ जनाको गोली हानी हत्या