अन्तर्राष्ट्रिय कवि सम्मेलन आयोजना
बुधबार, ०५ वैशाख २०८१, १२ : २९
काठमाडौँ । परम्परागत विश्व कविता लेखक सङ्गठन (टिपिडब्ल्युएडब्ल्यु) को चौथो अन्तर्राष्ट्रिय कवि सम्मेलन नेपालमा आयोजना गरिएको छ । हिजो यहाँ सम्पन्न सम्मेलनमा नेपाललगायत दक्षिण कोरिया, चीन, बेलायत र अमेरिकाका कविहरूको सहभागिता थियो ।
उक्त सम्मेलनका अवसरमा नेपालका तीनजना कविहरू क्रमशः भुवनहरि सिग्देल, सीताराम अधिकारी र प्रह्लाद पोख्रेललाई ‘येउ सुङ ग्यो’बाट सम्मान गरिएको थियो ।
सम्मेलन टिपिडब्ल्युएडब्ल्यु सभापति कोरियाली कवि किम बोङ गुन र नेपाल शाखाका सभापति प्राध्यापक रामकुमार पाँडेको संयुक्त अध्यक्षतामा भएको थियो । सम्मेलनमा विभिन्न देशका परम्परागत कविताबारे कार्यपत्र प्रस्तुतिका साथै हाइकु र छन्दोबद्ध संरचनाका कविता पनि वाचन गरिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
यी दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना
-
अमेरिकी डलरको भाउ स्थिर, अन्य कसको मूल्य कति ?
-
पाँच महिनामा ५५ गर्भवती र सुत्केरीको उद्धार
-
ला लिगामा बार्सिलोनालाई धक्का, सेल्टा भिगोले बराबरीमा रोक्यो