उच्च बिन्दुमा पुगेर रोकियो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?
बुधबार, ०५ वैशाख २०८१, १० : ४८

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य स्थिर कायम भएको जनाएको छ । महासङ्घका अनुसार मंगलबारको तुलनामा स्थिर कायम भएर सुन किनबेच भइरहेको जनाएको हो ।
यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३९ हजार २०० रुपैयाँ छ । हिजो मंगलबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो । यद्यपि हिजो मंगलबार भने छापावाल सुनको मूल्य तोलामा १७ सय रुपैयाँले बढेको थियो ।
यस्तै आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घले मंगलबारको तुलनामा तोलामा ३५ रुपैयाँ घटेको जनाएकाे छ । यससँगै आज चाँदीको मूल्य तोलामा १७१५ रुपैयाँ कायम छ । हिजो मंगलबार चाँदीको मूल्य तोलामा १७५० रुपैयाँ थियो ।