‘होस्टेल–३’ को घोषणा

काठमाडौँ । फिल्म ‘होस्टेल’ को तेस्रो भाग ‘होस्टेल–३’को घोषणा गरिएको छ । म्यूजिक भिडियो निर्देशनमा स्थापित सशान कँडेलले निर्देशन गर्ने ‘होस्टेल–३’ को कथा सशानकै हो भने पटकथा माधव शर्माले लेखेका छन् ।
यसअघिका दुई फिल्म ‘होस्टेल’ र ‘होस्टेल रिटन्र्स’को निर्माण सुनील रावलले गरेका थिए । निर्माता रावल यतिबेला अमेरिकामा छन् । निर्माता रावलले ‘होस्टेल ३’मा आफू पनि महत्वपूर्ण कलाकार रहने गरी सम्मान इन्टरटेन्मेन्टलाई फिल्म बनाउन अनुमति दिएका छन् । निर्माता रावलले २०७६ सालमा आफ्नै निर्देशनमा फिल्म ‘होस्टेल ब्याक अगेन’ बनाउने तयारी गरे पनि हालसम्म उक्त फिल्म बन्न सकेको छैन ।
सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा ’होस्टेल ३’ बनाउनेछ । फिल्ममा शिशिर ज्ञवाली निर्माता, शंकर कोइराला कार्यकारी निर्माता र सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा सह–निर्माता हुनेछन् ।
वि.सं. २०७० सालमा रिलिज भएको फिल्ममा ‘होस्टेल’मा हेमराज बिसी र २०७२ मा रिलिज ‘होस्टेल रिटन्र्स’ सुरज भुषालले निर्देशन गरेका थिए । ‘टीनएज ड्रामा’मा आधारित यी दुवै फिल्म बक्सअफिसमा हिट भएका थिए । ‘होस्टेल ३’का निर्देशक कँडेलले तेस्रो भागमा होस्टेलमा बसेर अध्ययन गरिरहेका टिनेजर र उनीहरूको भविष्यका घटनाहरूमा आधारित रहने बताए ।
‘होस्टेल’बाट अनमोल केसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठ, गौरव पहारी र ‘होस्टेल रिटन्र्स’बाट स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नाजिर हुसेन, सुशील सिटौलालगायतका कलाकारले अभिनेता तथा अभिनेत्रीका रुपमा ‘डेब्यू’ गरेका थिए ।
निर्देशक कँडेलले निर्देशन गरेको पुष्पन प्रधानको ‘बाबुको जुङो’, राजेश राईको ‘तोडियो तोडियो’, प्रमोद खरेलको ‘अन्त माया’, ‘आफू दुःखी बनेर’ गीतको भिडियो चर्चित छन् । कँडेलकै स्वर रहेको ‘एक दिन त जाने हो संसार छोडेर’ रुचाइएको गीतमा पर्छ ।
‘होस्टेल ३’मा ‘होस्टेल’ र ‘होस्टेल रिटन्र्स’को प्रोडक्सन सम्हालेका यमप्रसाद ओलीले प्रोडक्सन डिजाइन गर्नेछन् । यसै वर्षको अन्त्यमा रिलिज गर्ने तयारी रहेको फिल्मको कलाकार र प्राविधिक चाँडै फाइनल गरिने निर्देशक कँडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरको सुनाकोटी स्थित एक प्लाइ उद्योगमा आगलागी
-
फ्रान्समा दुई प्रहरीमाथि चक्कु प्रहार, रोक्न जाने वृद्धको ज्यान गयो
-
बालबालिका हुर्काउने–पढाउने २५ सूत्र !
-
एयरपोर्टमा पार्किङ शुल्क असुल्न ठेक्का आह्वान
-
अमेरिकामा सरकारी कर्मचारी हटाउन मस्कको अर्को निर्णय
-
पाकिस्तानी गजलकार गुलाम अली काठमाडौँमा गुञ्जने