एक्स्काभेटरका लागि ५ वर्ष वा १० हजार घण्टाको वारेन्टी
![एक्स्काभेटरका लागि ५ वर्ष वा १० हजार घण्टाको वारेन्टी](https://npcdn.ratopati.com/media/news/jcb_dAIR9dSSE3.jpg)
काठमाडौँ । निर्माण उपकरण उत्पादन ब्राण्ड जेसीबीले जेसीबी इन्डियाले ट्रयाक गरिएका केही एक्स्काभेटरहरूको लागि ५ वर्ष वा १० हजार घण्टाको वारेन्टी योजना ल्याएको छ ।
एमएडब्लू अर्थ मुभर्सले विगत दुई दशक वर्षदेखि नेपालमा जेसीबीका निर्माण उपकरणहरू वितरण गर्दै आएको छ । एमएडब्लूको केन्द्रीय कार्यालय काठमाडौँमा छ भने नेपालभरि ३२ वटा शाखा कार्यालयहरू छन् र तीनवटा अपरेटर प्रशिक्षण संस्थानहरू छन् जहाँ युवाहरूलाई जेसीबी मेसिन चलाउन तालिम दिइन्छ ।
एमएडब्लूले नेपालमा आफ्नो चौथो अपरेटर ट्रेनिङ सेन्टर चितवनमा छिट्टै उद्घाटन गर्दैछ । जेसीबी इन्डियाका प्रमुख कार्यकारी अधिकृत दीपक शेट्टीले नेपाल भ्रमणको क्रममा भने, ֺनेपाल हाम्रो लागि दक्षिण एसियाली क्षेत्रको महत्त्वपूर्ण बजार हो । यस क्षेत्रमा नेपालको नौलो पहिचान र स्थान छ, र हामीले हाम्रा ग्राहकहरूका लागि यहाँ सधैँ अत्याधुनिक प्रविधियुक्त र उन्नत उत्पादनहरू प्रस्तुत गर्दै आएका छौँ ।’
नेपालमा जेसीबीका १० हजार ५०० भन्दा धेरै उपकरणहरू सञ्चालनमा छन् । एमएडब्लूका प्रमुख डिलर विष्णु अग्रवालले भने, ‘विश्व स्तरीय जेसीबीका उपकरणहरूद्वारा ग्राहकहरूलाई सहायता गर्नेबाहेक हामीले नेपाली युवा जनशक्तिहरूलाई देशमै रोजगारका अवसरहरू प्रदान गर्न पाउँदा निकै गर्व गर्छौँ । एमएडब्लूले हाल करिब ५०० जनालाई रोजगारी दिएको छ भने चालकहरूका लागि तीनवटा विश्व स्तरीय प्रशिक्षण केन्द्रहरूमा पनि लगानी गरेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान टुक्र्याउने विधेयकको विपक्षमा पर्यटनमन्त्रीलाई ज्ञापन, आकाश ठप्प पार्ने चेतावनी
-
शान्दार मःम पसलको ग्यास विस्फोटमा परेका दुई जनाको मृत्यु
-
आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
-
नेसपा (नयाँ शक्ति)मा को–को भए निर्विरोध निर्वाचित ?
-
अवकाशको मुखमा जिल्ला न्यायाधीशले हतार–हतार बलात्कारीलाई दिए उन्मुक्ति
-
स्कार्पियो र ट्रक ठोकिँदा ५ जना गम्भीर