अमेरिकाको सानफ्रान्सिस्कोमा ‘नेपाल डे परेड’

न्यूयोर्क । अमेरिकाको सानफ्रान्सिस्को सहरमा ‘नेपाल डे परेड २०२४’को आयोजना गरिएको छ । गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका , क्यालिफोर्निया राज्य च्याप्टर, वेष्ट रिजन कमिटी, नेपाल आदिवासी जनजाति महासंघ, क्यालिफोर्नियालगायत क्यालिफोर्नियाका सक्रिय सङ्घ संस्थाहरुको संयुक्त आयोजनामा नेपालडे परेडको आयोजना गरिएको छ ।
परेडमा नेपाली कला संस्कृति झल्कने झाँकी, खेलकुद प्रतियोगिता, नृत्यसहितका आकर्षक कार्यक्रमको आयोजना गरिएको र परेडले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याएको एनआरएनए अभियन्ता दीक्षा बस्नेतले जानकारी दिइन । सानफ्रान्सिस्को सहरमा यसअघि पनि नेपाल डे परेड आयोजना गरिएको थियो ।
परेडमा क्यालिफोर्नियाको संघसंस्थाहरु आफ्नो ब्यानरसहित उपस्थित थिए । नेपाली पोसाक र नेपाली झण्डामा उपस्थित सयौँ नेपालीहरूले नेपालको पर्यटन प्रवर्द्धन हुनेगरी सामग्रीहरू प्रदर्शन गरेका थिए । परेडले नेपाली समुदाय र क्यालिफोर्निया राज्य सरकारसँगको सम्बन्धमा थप घनिष्ठता बढेको आयोजकले दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षामन्त्रीको राजीनामाले आन्दोलन नरोक्ने शिक्षहरुको चेतावनिदेखि निजामती कर्मचारीलाई दोहोरो सुविधामा लगामसम्म
-
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार बोर्डको बैठक बस्ने
-
जापानमा नेपाल हाउस निर्माणार्थ फेस्टिवलमा ८० लाख भन्दा बढी मुनाफा
-
किर्ते जालसाजी मुद्दामा पूर्ववडाध्यक्ष साह पक्राउ
-
सुमनाको कटाक्ष : राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्नेथ्यो प्रधानमन्त्रीको !
-
एमाले सांसद थापा भन्छन् - शिक्षामन्त्रीको राजीनामा अनपेक्षित र असान्दर्भिक, स्वीकृत नगरियोस्