डर्टमन्ड च्याम्पियन्स लिगको सेमिफाइनलमा

काठमाडौँ । जर्मन क्लब बोरुसिया डर्टमन्डले युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा स्पेनिस क्लब एथ्लेटिको मड्रिडलाई समग्रमा ५–४ गोल अन्तरले पराजित गर्दै डर्टमन्डले सेमिफाइनलमा स्थान बनाएको हो ।
पहिलो लेगमा २–१ गोल अन्तरले विजयी भएको मड्रिड दोस्रो लेगमा ४–२ गोल अन्तरले पराजित भएपछि अन्तिम चारमा पुग्न सफल भएन । घरेलु मैदानमा डर्टमन्टले ३४ औं मिनेटमा अग्रता लिएको थियो । उसका लागि जुलियन ब्रान्ड्टले गोल गर्दै अग्रता दिलाए ।
उनले गोल गरेपछि पहिलो लेगेको नतिजाका आधारमा समग्रमा २–२ को बराबरी गरे । ३० औं मिनेटमा इयान म्याटसेनले गोल गरेपछि डर्टमन्ड २–० ले अघि बढेको थियो । ४९ औं मिनेटमा म्याट हुमेल्सले आफ्नै पोस्टमा गोल गरेपछि एथ्लेटिको मड्रिडले खेलमा फर्किने प्रयास गरेको थियो ।
६४ औं मिनेटमा एन्जल कोरेराले गोल गरेपछि मड्रिडले समग्रमा ४–३ को अग्रता बनाउँदै अघि बढेको थियो । तर, डर्टमन्डका निकलस फलक्रुजले गोल गरेपछि ७१ औं मिनेटमा खेल रोमाञ्चक मोडमा पुगेको थियो । ७४ औं मिनेटमा मार्सेल साबिट्जेरले गोल गर्दै डर्टमन्डले ४–२ को जितसँगै समग्रमा ५–४ को नतिजासँगै सेमिफाइनलमा स्थान पक्का गरेको हो । अब सेमिफाइनलमा डर्टमन्डले पीएसजीसँग खेल्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटनमा महिला उद्यमशीलताका लागि बजेट व्यवस्था गर्छौं : पर्यटनमन्त्री पाण्डे
-
नेवार समुदायमा समाजवादको भ्रूण छ : अध्यक्ष प्रचण्ड
-
२०८२ साल शब्दहरूमा यात्राको स्पन्दन
-
'गणतन्त्रवादी एक हुनुपर्छ, पूर्वराजाको सम्पत्ति छानबिन गर्नुपर्छ'
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
-
नैनसिंह महरलाई प्रश्न : समयमै नेविसंघको महाधिवेशन किन हुँदैन ?