बुधबार विवाह गर्दै एलिना, जन्तीसहित निस्किए विष्णु
मङ्गलबार, ०४ वैशाख २०८१, २१ : ०७

काठमाडौँ । चर्चित गायिका एलिना चौहान बुधबार विवाह बन्धनमा बाँधिँदै छिन् । बाग्लुङका निवासी विष्णु सापकोटासँग उनले परम्परागत विवाह गर्न लागेकी हुन् ।
विवाह समारोह एलिनाको गृह जिल्ला झापाको बिर्तामोड स्थित बिर्ता पार्टी प्यालेसमा आयोजना हुँदैछ । साङ्गीतिक कार्यक्रम सिलसिलामा साइप्रस पुगेकी एलिना सोमबार नेपाल फर्किएकी छन् । मंगलबार उनको मेहन्दी समारोह आयोजना भएको छ । जसमा उनी निकै खुसी देखिएकी छन् ।
दुलाहा विष्णु सापकोटा भने एलिनालाई लिन बागलुङबाट जन्तीसहित मंगलबार झापा तर्फ निस्किएका छन् । बुधबार विहानसम्म झापाको बिर्तामोड पुग्ने सापकोटाले बताए । सापकोटा दुलाहकै पहिरनमा सजिएर जन्तीसहित झापा हिँडेका हुन् ।
एलिना र विष्णुले केही वर्षको प्रेम विवाहमा परिणत गर्न लागेका हुन् । विष्णु केही समयदेखि अष्ट्रेलिया बस्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगर गोल्डकप : धरानलाई हराउँदै काँकडभिट्टा फाइनलमा
-
अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा
-
दुई जना डीएसपी एसपीमा बढुवा सिफारिस
-
चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण
-
१० बजे १० समाचार : सदनमा लफडा, क्याम्पसमा तोडफोड
-
राज्यको अगुवाइमा निजी क्षेत्रको विकास गर्नुपर्छ : अध्यक्ष भट्टराई