दुई प्रदेश प्रमुखबिच भेटवार्ता, समन्वय र सहकार्यमा जोड
मङ्गलबार, ०४ वैशाख २०८१, २० : ४३

धनगढी । सुदूरपश्चिम र गण्डकी प्रदेशका प्रदेश प्रमुखबिच मंगलबार भेटवार्ता भएको छ ।
सुदूरपश्चिम प्रदेशका प्रमुख नाजिर मियाँ र गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टबिच धनगढीमा भेटवार्ता भएको हो ।
भेटवार्तामा दुवै प्रदेश प्रमुखबिच समन्वय र सहकार्य गरी अगाडि बढ्ने विषयमा छलफल भएको थियो । दुवै प्रदेश प्रमुखले संविधान कार्यान्वयन गर्दै अगाडि बढ्नेमा जोड दिएका थिए । दुवै प्रदेश प्रमुखहरूले एक अर्कालाई शुभकामना दिएका थिए ।
गण्डकी प्रदेश प्रमुख भट्टको गृह नगर धनगढी हो । आफ्नो गृह प्रदेशमा प्रमुख भएर आएको भन्दै सुदूरपश्चिमका प्रमुख मियाँलाई गण्डकीका प्रमुख भट्टले स्वागत समेत गरेका थिए । उनले गण्डकी भ्रमणको निम्तो समेत दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, २ जना घाइते
-
हेटौँडा अस्पतालको बोर्डबाट युवाहरूले प्रतिष्ठानको नाम मेटाए
-
प्रेम सम्बन्धमा दरार आएपछि पुरुषको चरित्र हत्या, पक्राउ परिन् युवती
-
बोडेको जिब्रो छेड्ने परम्परा : आस्था, पीडा र पुनर्विचार
-
ज्ञानेन्द्रले सच्याए प्रजातन्त्र दिवसको अभिव्यक्ति [भिडियो]
-
शिक्षकहरूको पार्टी सदस्यता जलाउने कार्यक्रम गरिदै