प्रदेश
कांग्रेसद्वारा मधेस प्रदेशसभाको बैठक बहिस्कार
मङ्गलबार, ०४ वैशाख २०८१, २० : ३१
काठमाडौँ । नेपाली कांग्रेसले मधेस प्रदेशसभाको बैठक बहिस्कार गरेको छ । प्रदेशसभा बैठक विधिसम्मत ढंगले नचलाइएको भन्दै कांग्रेसले बहिस्कार गरेको हो ।
कांग्रेसको विरोधका बिच मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मतसम्बन्धी प्रस्ताव अघि बढाएका छन् ।
यसअघि मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले सत्ता पक्षका सांसदको हस्ताक्षर गराएको बताइएको छ । उनले ५ घन्टा भएको संसद् अवरोधका बिचमा सत्ता पक्षका सांसदको हस्ताक्षर गराएर संसद् बैठक सुचारु गरेको प्रदेश सांसद श्याम पटेलले बताए ।
उनका अनुसार सभामुखले मुख्यमन्त्रीलाई विश्वासको मत दिने सांसदको हस्ताक्षर गराएर संसद् चलाएपछि कांग्रेससँगै जनमत पार्टी र लोसपाले पनि संसद् बैठक बहिस्कार गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागू औषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले चलायो गोली
-
सत्तापक्ष र प्रतिपक्षबिच भयो सहमति, बागमती प्रदेश सभा सञ्चालन हुने
-
पूर्ण भयो न्याय परिषद्, सुरु होला न्यायाधीश नियुक्ति ?
-
प्रदेशको औचित्य प्रमाणित गर्न अझै कसरत गरौँ : प्रदेश प्रमुख भट्ट
-
पाकुच्चाको सागमा विषादी
-
विधानमा भएको त्रुटि नसच्याइए सबै कार्यक्रम बहिस्कार गर्ने अखिल क्रान्तिकारी प्रदेश अध्यक्षहरूको चेतावनी