खेलकुद र युवाहरूमा नयाँ युगको सुरुवात भयो : मन्त्री श्रेष्ठ
_ppbSwAoZue.jpg)
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद र युवाहरूमा नयाँ युगको सुरुवात भएको बताएका छन् ।
मंगलबार काठमाडौँमा १४ औँ केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले दूरदराज गाउँहरूबाट खेलाडीहरू उत्पादन गरेको बताएका हुन् ।
मन्त्री श्रेष्ठले खेलकुद क्षेत्रको विकासका लागि नीतिगत कुराहरू सुधार्नुपर्ने आवश्यकता रहेको पनि बताए । उनले तीन दशकदेखिका बेथितिहरूलाई सुधारेर सम्भावनाहरूलाई पनि खोज्नुपर्ने आवश्यकता रहेको बताए । उनले सबैजना निष्ठाका साथ इमान्दार भएर कोसिस गर्ने हो भने खेल क्षेत्रले भविष्यमा राष्ट्रको झण्डा फरफराउने बताए ।
उनले भने, ‘राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले गर्दा दूरदराज गाउँहरूबाट खेलाडीहरू उत्पादन हुँदै गरेकाले जुन कुरा हामीले अस्ति विभिन्न फोरममा भनेको थियौँ कि खेलकुदमा र युवाहरूमा नयाँ युगको सुरुवात भएको छ भनेर मैले त्यत्तिकै भनेको होइन । हो म स्विकार्छु, केही नीतिगत कुराहरू सुधार्नुपर्ने छ । तीन दशकदेखिका बेथितिहरूलाई सुधारेर सम्भावनाहरूलाई पनि खोज्नुपर्ने छ । यहाँ हामी सबैजना निष्ठाका साथ इमान्दार भएर कोसिस गर्ने हो भने खेल क्षेत्रले भोलि राष्ट्रको झण्डा फरफराउने छ । सबै मिलेर गर्दा खेलमा केही सुधार भएको छ ।’
मन्त्री श्रेष्ठले खेलकुदको माध्यमबाट राष्ट्रिय एकता बलियो बनाउन आह्वान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बसाइँसराइले बरेङमा बस्ती सुनसान
-
चेतनाको अभाव र भौगोलिक विकटताले घरमै हुन्छन् सुत्केरी
-
देशमा पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
-
महाशिवरात्रि नजिकिंदा मिथिला महाकुम्भ यात्राको तयारी
-
महाशक्तिशाली पोप फ्रान्सिसको अवस्था क्रिटिकल
-
हमासले मुक्त गरेका ६ बन्धक परिवार भेट्दै