झुक्किएर गलत जोडीको सम्बन्ध विच्छेद

लन्डन । लन्डनमा ल फर्मका एक वकिलले गरेको सामान्य त्रुटिका कारण गलत जोडीको सम्बन्ध विच्छेद भएको छ । लन्डनको चर्चित ल फर्म भाड्र्यागका एक जना वकिलले सम्बन्ध विच्छेद गराउन झुक्किएर गलत नाम छानेका थिए । पीडित जोडीले सम्बन्ध विच्छेदको फैसला उल्ट्याउन गरेको अनुरोध वरिष्ठ न्यायाधीशले अस्वीकार गरेका छन् ।
सन् २०२३ मा सम्बन्ध विच्छेद नहुँदासम्म विलियम्स थरका ती जोडी २१ वर्षदेखि विवाह बन्धनमा थिए । भाड्र्यागका एक वकिलले झुक्किएर सम्बन्ध विच्छेदको अन्तिम फैसलाका लागि अनलाइन पोर्टलमा उनीहरूको नाम छान्दा जोडी पारपाचुकेपछिको वित्तीय सहमति कस्तो हुने भन्ने प्रक्रियामै थिए । तर २१ मिनेटमै उनीहरूको सम्बन्ध विच्छेद भयो ।
सम्बन्ध विच्छेदबारे अन्तिम निर्णयप्रतिको सर्वसाधारणको विश्वास बढी महत्त्वपूर्ण भन्दै यस त्रुटिलाई उल्ट्याउन गरेको सबै प्रयासलाई न्यायाधीशले अस्वीकार गरेका थिए । ल फर्मले सम्बन्ध विच्छेदको फैसला भएको २ दिनपछि मात्रै गलत नाम परेको थाहा पाएको थियो । सम्बन्ध विच्छेद गराइएको जोडी सबन्ध विच्छेदको लागि तयार भइसकेका थिएनन् । वकिललले गरेको त्रुटिकै कारण कसैको सम्बन्ध विच्छेद गरिनु नहुने ल फर्मकी प्रमुख आयशा भाड्र्यागले भनेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माण भएका कोल्ड स्टोर बाह्रै महिना चलाउन पहल गर्नेछौँ ः कृषिमन्त्री पन्थी
-
लुम्बिनी प्रदेशमा चिस्यान केन्द्र दिगो व्यवस्थापन कसरी गर्ने ?
-
व्यावसायिक कफीखेतीमा जुट्दै हतुवागढीका किसान
-
सर्लाहीमा रेबिज भ्याक्सिनको चरम अभाव, बिरामीहरू महँगोमा निजी क्लिनिक जान बाध्य
-
वर्षमान र जनार्दनलाई दायाँबायाँ लगाएर मर्निङवाकमा प्रचण्ड
-
आजदेखि माओवादीको तराई–मधेस जनजागरण अभियान ः के–के हुँदैछ ?