कन्टेनरमा भेटियो २७२ केजी गाँजा

बुटवल । सशस्त्र प्रहरीले रुपन्देहीमा ठुलो मात्रामा गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हेडक्वार्टर रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगरको कमान्डमा खटिएको सीमा अनुगमन टोलीले २७२ केजी गाँजा बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल ईन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा वैशाख ४ गते आज रोहिणी गाउँपालिका–१ हुलाकी सडक खण्ड अन्तर्गत बाइपासमा गाँजा तथा भारतीय कन्टेनर बरामद गरिएको हो । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको युपी ७८ बीटी ८२९७ नम्बरको टाटा कन्टेनर चेकजाँच गर्ने क्रममा चालकको सिटमाथि रहेको फल्स बटमभित्र गाँजा लुकाएर ल्याउँदै गरेको अवस्थामा सवारी चालकसहित प्रहरीले पक्राऊ गरेको हो ।
भारतको स्टेट पन्जाब, लुधियाना डिष्ट्रिक, स्टेट नम्बर १० (भवदीप सिंहनगर–१०) का ३६ वर्षीय सतनाम सिंहलाई पनि पक्राउ गरिएको उपरीक्षक मगरले बताए ।