एकीकृत समाजवादीले नैतिकता देखाउन सकेन : शाह
धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुख नाजिर मियाँले आफ्नो कदम नसच्याए कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रदेश प्रमुख मियाँले अभिभावकत्व ग्रहण गर्न जरुरी रहेको समेत बताए ।
त्यस्तै, नेकपा एकीकृत समाजवादीप्रति लक्षित गर्दै शाहले पार्टीले राजनीतिक नैतिकता देखाउन नसकेको बताए । एकीकृत समाजवादीले सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ ।
सुदूरपश्चिमका प्रदेश प्रमुख मियाँले मुख्यमन्त्रीका लागि परेका दुवै दाबी अस्वीकृत गरेका छन् । सुदूरपश्चिमको मुख्यमन्त्रीमा आइतबार नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका लक्ष्मण किशोर चौधरीले नेपाली कांग्रेस र समर्थनमा र नाउपाकै रञ्जिता चौधरी पक्षका कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : माओवादीभित्र शक्ति संघर्षदेखि सपना देखाएर सर्वत्र ठगीसम्म
-
कुमारी सहकारीको डेढ अर्ब हिनामिना, पाँच जना पक्राउ
-
चाँदनीको हत्या प्रकरणमा आमा र बुवा पनि पक्राउ, ६ जनाविरुद्ध पाँच दिनको म्याद थप
-
केबलकार निर्माणको कार्यलाई स्थगन गरी निकास दिन राप्रपा नेपालको माग
-
सांसदहरूको महत्त्वपूर्ण विधायिकी भूमिकाले सच्चिन सक्छ सामाजिक सञ्जाल विधेयक
-
जसपा नेपालको कार्यकारिणी समिति बैठक थप एकदिन लम्बियो