आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
मधेस प्रदेश सरकार

मधेस प्रदेशमा लोसपाका मन्त्रीले दिए राजीनामा

मङ्गलबार, ०४ वैशाख २०८१, १६ : ५८
मङ्गलबार, ०४ वैशाख २०८१

जनकपुर । मधेस प्रदेश सरकारमा लोसपाबाट मन्त्री बनेका रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन् । 

वनमन्त्री कुर्मीको राजीनामासँगै मुख्यमन्त्री सरोज यादवलाई दिएको समर्थन फिर्ता लिने तयारी समेत भएको नेता जितेन्द्र सोनलले जानकारी दिए ।

मुख्यमन्त्री यादवले मंगलबार विश्वासको मत लिन लिने कार्यक्रम रहेपनि जनमतको अवरोधका कारण प्रदेशसभा बैठक स्थगित भएको छ । १० मिनेटका लागि बैठक स्थगित गरिए पनि हालसम्म बैठक सुचारु हुन सकेको छैन । दलका नेताहरू तीन घण्टायता बैठक सुचारु गर्न आन्तरिक छलफलमा छन् ।

यसैबीच कुर्मीको राजीनामा मंगलबार नै स्वीकृत भएको छ । मंगलबार नै वन मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री सरोजकुमार यावले सम्हाल्ने गरी प्रदेश प्रमुखले तोकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप