एसीसी प्रिमियर कप क्रिकेट : कतारले साउदीलाई हराएपछि नेपाल समूह विजेता बन्ने पक्का

काठमाडौँ । नेपाली टोली ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा आफ्नो समूहको विजेता बन्दै सेमिफाइनलमा पुग्ने पक्का भएको छ । समूहगत चरणको आफ्नो अन्तिम खेल खेल्नुअघि नै नेपाल समूह विजेता बन्ने पक्का भएको हो ।
प्रतियोगिताको मंगलबार खेलिएको खेलमा कतारले साउदी अरेबियालाई १५ रनले हराएपछि नेपाल समूह ‘ए’ को विजेता बन्ने पक्का भयो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ५३ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको साउदी अरेबियाले भने निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ३८ रनमात्र बनाउन सक्यो । कतारका लागि कप्तान मुहम्मद तनविरले ४३ र शहजिब जमिलले ३८ रनको योगदान गरे ।
नेपाल समूहगत चरणमा आफूले खेलेका तीनवटै खेलमा विजयी भएको छ । नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेटले, दोस्रो खेलमा कतारलाई ३२ रनले र तेस्रो खेलमा हङ्कङलाई आठ विकेटले हराएको थियो ।
नेपालले समूहगत चरणको आफ्नो अन्तिम खेल बुधबार साउदी अरेबियासँग खेल्नेछ । नेपाल ६ अंकसहित तालिकाको पहिलो स्थानमा छ । चार खेलबाट चार अंक बटुलेको कतार दोस्रो स्थानमा आसिन छ ।
यसैगरी तीन खेलबाट दुई अंक बटुलेको साउदी अरेबिया तेस्रो, तीन खेलबाट दुई अंक जोडेको मलेसिया चौथो र तीन खेलबाट दुई अंक हात पारेको हङ्कङ पाँचौँ स्थानमा छन् । बुधबार समूहगत चरणको खेल सकिने छ ।
समूहगत चरणको अन्तिम दिन बुधबार हङ्कङले मलेसियाको सामना गर्नेछ । बुधबार समूह ‘ए’ अन्तर्गतको दुवै खेल नेपाली समय अनुसार, बिहान ११ः४५ बजे सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई जना प्रहरी नायव उपरीक्षक प्रहरी उपरीक्षक पदमा बढुवा सिफारिस
-
चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण
-
१० बजे १० समाचार : सदनमा लफडा, क्याम्पसमा तोडफोड
-
राज्यको अगुवाइमा निजी क्षेत्रको विकास गर्नुपर्छ : अध्यक्ष भट्टराई
-
एमाले निकट विद्यार्थी संगठनद्वारा सुर्खेत बहुमुखी क्याम्पसमा तोडफोड, निर्वाचन स्थगित
-
ललितपुर महानगर र रसियाको उलान उदे सहरबीच भगिनीसम्बन्ध कायम