सिटिजन्स बैंकको १७ औँ वार्षिकोत्सवको अवसरमा छुटैछुट

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक योजनाहरू सार्वजनिक गरेको छ ।
वैशाख ७ गतेको वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले यही वैशाख १ गते देखि वैशाख ३१ गते सम्म १ महिनाका लागि लागू हुने गरी विभिन्न सेवा सुविधामा भारी छुट–क्यासब्यक, लगायतका योजनाहरू सार्वजनिक गरेको हो ।
सो योजना अन्तर्गत डेविट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले पस मेसिन र अनलाईन मार्पmत रु १००० वा बढीको कारोबार गर्दा १७% वा बढिमा रु १७० क्यासब्याक दिइने बैंकले जनाएको छ ।
यसैगरी सिटिजन्स स्मार्ट मार्फत क्यु आर कोड स्क्यान गरी भुक्तानी गर्ने ग्राहकहरूको लागि पनि रु ५०० वा बढीको कारोबार गर्दा १७% वा बढीमा रु १७० क्यास ब्याक प्रदान गरिने बैंकले जनाएको छ ।
डिजिटल भुक्तानीको अर्को माध्यम इ(कम कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले योजना अवधीभरमा इ(कम कार्ड लिन चाहनुहुने ग्राहकहरूलाई सो कार्ड निःशुल्क रूपमा उपलब्ध गराउने छ । त्यसैगरि बैंकले यस योजना अवधिभर ग्राहकहरूका लागि निःशुल्क डिम्याट खाता खोलिदिने व्यवस्था समेत बैंकले गरेको छ ।
साथै बैंकका निश्कृय मोबाईल बैंकिङ्ग ग्राहकहरूलाई योजना अवधिभर सेवा सक्रिय गर्दा एकमुष्ठ रु १५० छुट प्रदान गरिने समेत जानकारी बैंकले गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब पढ्न पाइने छैन अस्ट्रेलियाका पूर्वकप्तान इयान च्यापलले लेखेको क्रिकेटसम्बन्धी समाचार र विश्लेषण
-
छैटौँ दिन पनि नेप्से परिसूचक सामान्य अंकले सुधार, ११ अर्ब बढीको कारोबार
-
नेपालीले आवश्यकताभन्दा ४ गुणा बढी नुन खाइरहेका छन् : महर्जन
-
सुर्खेतमा ‘तरल नाइट्रोजन प्लान्ट’ बन्दै
-
पुलिसलाई हराउँदै आर्मी केपी ओली कपको सेमिफाइनलमा
-
महाशिवरात्रीको ट्राफिक व्यवस्थापनमा ८९० जना ट्राफिक प्रहरी खटिने, कहाँ-कहाँ छ पार्किङ सुविधा ?