८ लाखभन्दा बढीलाई हात्तीपाइलेबिरुद्धको औषधि खुवाइने

सर्लाही । सर्लाहीमा ८ लाखभन्दा बढीलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । मंगलबार स्वास्थ्य कार्यालय सर्लाहीमा आयोजित हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानको जिल्लास्तरीय अन्तरक्रियामा उक्त जानकारी दिइयो ।
जिल्लाभरिबाट दुई वर्ष उमेर समूहभन्दा माथिका आठ लाख २४ हजार छ सय ७१ जनालाई हात्तीपाइलेविरुद्धको औषधि सेवन गराउन लागिएको कार्यालय प्रमुख डा नवलकिशोर झाले जानकारी दिए ।
राष्ट्रव्यापी कार्यक्रमअन्तर्गत यही वैशाख १६ गतेबाट २९ गतेसम्म अभियान सञ्चालन गरिने भएको छ । अभियानमा पाँच सय २५ जना स्वास्थ्यकर्मी र एक हजार तीन सय २६ जना महिला स्वास्थ्य स्वयमसेवीका गाउँगाउँमा परिचालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालय सर्लाहीका अनुसार गतवर्ष पनि यस जिल्लामा सात लाख ६२ हजार छ सय ८४ जनालाई हात्तीपालेविरुद्धको औषधि खुवाइएको थियो । गर्भवती, सात दिनसम्मका सुत्केरी, गम्भीर किसिमका बिमारीलगायतले भने यो औषधि सेवन गर्न नहुने डा झाको भनाइ छ । हात्तीपाइले रोगबाट बच्न अन्य सबैले अनिवार्य रूपमा औषधि सेवन गर्नुपर्ने उनको भनाइ छ ।
औषधि सेवनका क्रममा जिल्लामा अहिलेसम्म कुनै किसिमको गम्भीर समस्या नदेखिएकाले निर्धक्क भएर अभियानमा सहभागी भई औषधि सेवन गर्न सबैमा स्वास्थ्य कार्यालय सर्लाहीले आग्रह गरेको छ ।
जिल्लाका शतप्रतिशतलाई औषधि खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको हो । यो अभियानअन्तर्गत देशभरिका सात जिल्लामा औषधि खुवाउन लागिएको हो । त्यसमध्ये मधेसमा सर्लाहीसहित चार जिल्लामा यो अभियान सञ्चालन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म
-
आईपीएल : आज पनि चम्किए विराट, राजस्थानसामु २०६ रनको लक्ष्य
-
पत्रकारमाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
-
भारतको रक्सौलबाट ८ जना नेपाली किशोरको उद्धार
-
सर्वोच्चमा मनाङेका दुई घण्टाः ‘मुद्दा हेर्न नमिल्नेले गोला किन तान्नु ?’