लगातार घट्दै २ हजारको बिन्दुबाट तल झर्यो नेप्से
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार चौथो दिन गिरावट आएको छ । आज पनि १४.८१ अङ्कले घटेसँगै परिसूचक १९९१.७१ बिन्दुमा आइपुगेको छ । यो नेप्से परिसूचकमा आज आएको ०.७३ प्रतिशतको गिरावट हो ।
यसअघि चैत महिनाको २८ गते नेप्से परिसूचक १०.३० अङ्कले घटेको थियो । त्यसअघि चैत २७ र चैत २५ गते मात्रै नेप्से परिसूचक बढेको थियो । नयाँ वर्ष २०८१ साल सुरु भएपछि कारोबार भएका सबै दिनमा पनि परिसूचक लगातार घटेको छ ।
चैत २८ गते १० अङ्कले घटेको नेप्से परिसूचक आइतबार २ अङ्क र सोमबार १६ अङ्कले घटेको थियो । आज १४ अङ्कले घटेको दिन ४२ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै २०० कम्पनीको सेयर मूल्य घट्दा २ कम्पनीको मूल्य भने स्थिर कायम छ । यस क्रममा आज २ अर्ब १० करोड रुपैयाँ बराबरको ५४ लाख ७१ हजार कित्ता सेयर किनबेच भएको छ ।
यस क्रममा दुई कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । एसबीएल डिबेञ्चर २०८९ र गुर्खास फाइनान्सको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो । यता रुरु जलविद्युत परियोजनाको सेयर मूल्य भने १० प्रतिशतले घटेको छ ।
परिसूचक घट्दा कारोबारमा आएका सबै समूहमा गिरावट आएको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको सूचक ७८ अङ्कले घट्दा जीवन बीमा समूहको सूचक ५५ अङ्कले घटेको छ । यस्तै, उत्पादनमूलक समूहको सूचक ३८ अङ्कले घट्दा व्यापार समूहको सूचक २३ अङ्कले घटेको छ । यी बाहेक अरु सबै समूहमा समेत गिरावट आएको छ ।
सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको दिन गुर्खास फाइनान्सको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । आज यो कम्पनीको १७ करोड ५९ लाख रुपैयाँको सेयर किनबेच भएको हो । यसपछि सूर्यज्योति जीवन बीमा कम्पनीको ७ करोड ४३ लाख रुपैयाँको किनबेच भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारमा प्रचण्ड, माधव र राजेन्द्रबिच भेटघाट : के–के भयो छलफल ?
-
लागुऔषध, आत्महत्या र सडक दुर्घटना चुनौती : गृहमन्त्री लेखक
-
लोसपाले तयार गर्यो महाधिवेशन निर्वाचन निर्देशिका
-
कांग्रेसका २० विभागमा देउवाले गरे सचिव मनोनयन
-
कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार
-
पुसमै धमाधम फिल्म छायांकन, कति सहज ?