पावर टिलर र मिनी टिलर मर्मत गर्न सिकाइँदै
मङ्गलबार, ०४ वैशाख २०८१, १५ : १४
काठमाडौँ । कृषि मेशिनरी मर्मत तथा सञ्चालन गर्ने गरी व्यावसायिक तालिम सुरु भएको छ । कृषि मेशिनरी औजार (पावर टिलर र मिनी टिलर) को मर्मत तथा सञ्चालन सम्बन्धी तालिम आजदेखि काठमाडौँमा सुरु भएको हो । सो १५ दिनसम्म चल्ने सो तालिममा २ जना महिलासहित २२ जनाको सहभागिता छ ।
तालिममा सहभागीले पावर टिलर र मिनी टिलरको चलाउन सक्ने, मर्मत गर्न सक्ने लगायत सिप सिक्ने छन् ।
५० हजार बढी किसानले पवार टिलर र २ लाख बढीले मिनी टिलर प्रयोगमा छ । तर यी यन्त्रको अधिकांश मर्मत हुन नसकेर प्रयोग विहीन रहेको संघले जनाएको छ ।
नेपाल कृषि मेशिनरी व्यवसायी संघ र कृषि विभाग अन्तर्गतको कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्रले संयुक्त रूपमा तालिमको आयोजना गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : सभामुखलाई चिठी पुग्नासाथ रविको सांसदपद निलम्बनदेखि डीपी अर्याल कार्यवाहक सभापतिसम्म
-
एकपछि अर्को कार्यवाहकको अभ्यासमा रास्वपा !
-
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
-
बागमतीमा सर्वदलीय बैठक : विकास योजना कार्यान्वयन गर्न सरकारलाई आग्रह
-
सरकारी वकिल कार्यालय फौजदारी न्याय प्रणालीको मेरुदण्ड हो : प्रधानन्यायाधीश राउत
-
दुई पालिकाका १२ नम्बर वडाका दुई जना वडाध्यक्ष एकैदिन पक्राउ !