पाकिस्तानमा भारी वर्षा र चट्याङका कारण मर्नेको सङ्ख्या ३९ पुग्यो
इस्लामावाद । कयौं दिनदेखिको भारी वर्षाका कारण यतिबेला पाकिस्तानको दक्षिण पश्चिम क्षेत्र तहसनहस छ । वर्षाका कारण कम्तीमा पनि ३९ जनाले ज्यान गुमाएका छन् । यीमध्ये केहीको मृत्यु गहुँ काटिरहेको समयमा चट्याङ पर्दा भएको बताइएको छ । अनलाइनमा देखिएका केही तस्बिरमा वर्षाको पानीले खेतबारी चुर्लुम्म डुबेको देखिन्छ ।
अचानकको बाढीका कारण बिजुलीको आपूर्ति बन्द भएको छ भने सडकमा आवागमन प्रभावित भएको बताइएको छ । जलवायु परिवर्तनसँगै पाकिस्तानमा विषम मौसमी अवस्था बढेका छन् । सन् २०२२ मा देशको एक तिहाइ क्षेत्र बाढीको प्रकोपमा पर्दा १ हजार ७०० भन्दा धेरैको मृत्यु भएको थियो भने दर्जनौँ मानिस घाइते भएका थिए । त्यतिबेला दसौँ लाख मानिस घरबार विहीन बन्दा महिनौँ सम्म पिउने सफा पानीको अभाव थियो । सन् २०२२ मा आएको बाढीका कारण प्रभावित खैबर पख्तुन्खवा र बलूचिस्तानलगायत क्षेत्र हालैका आँधीबेहरीको चपेटामा आएका छन् ।
आगामी केही दिनमा थप भारी वर्षा हुन् पाकिस्तानको मौसम विभागले चेतावनी जारी गरिरहँदा त्यहाँको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले पहिरो खस्ने र बाढी आउन सक्ने चेतावनी दिइरहेको छ । शुक्रबारदेखि शनिबारको बीचमा चट्याङमा परेर पन्जाबमा सबैभन्दा धेरै २१ जनाको मृत्यु भएको भन्दै एएफपीले समाचार छापेको छ । सुदुरपश्चिम बलूचिस्तान प्रान्तमा पनि कम्तीमा ८ जनाको मृत्यु भएको छ । अधिकारीहरूले यस क्षेत्रमा आपतकालको घोषणा गरेका छन् । सोमबार र मङ्गलवार प्रान्तका विद्यालयहरू बन्द गर्न आदेश दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी : ऋण लिने हाम्रो अवस्था छैन
-
स्थानीय तह उपनिर्वाचन : यस्तो छ ग्रामथान र महावुको नमुना मतपत्र
-
मंसिर ९ गतेदेखि सशुल्क रूपमा धरहरा सञ्चालन गर्ने मन्त्रिपरिषद्को निर्णय
-
सभामुखबाट दलको सर्वोच्चता अस्वीकार भयो : प्रवक्ता यादव
-
ग्रेनाइट उत्खननको लाइसेन्स दिन्छु भनेर ठगेको आरोपमा एकजना पक्राउ
-
उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने हिमालय एयरलाइन्सको निर्णय