ट्याङ्करको ठक्करबाट बारामा एक प्रहरी जवानको मृत्यु
बारा । ट्याङ्करको ठक्करबाट बारामा एकजना प्रहरी जवानको मृत्यु भएको छ । जितपुर–सीमरा गोल्डकपको फाइन खेल हेर्न गएको प्रहरी जवानको तेल ट्याङ्करले ठक्कर दिँदा मृत्यु भएको हो ।
बारा प्रहरीका अनुसार मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान २९ वर्षका दिनेश बहादुर परियार रहेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ दूरसञ्चार नजिक ट्याङ्करको ठक्करबाट उनको मृत्यु भएको बारा प्रहरीले जनाएको हो ।
पथलैयाबाट वीरगञ्जतर्फ जाँदै गरेको ग १४ प ५९७२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना ७ ख ३०२६ नम्बरको तेल ट्याङ्करले पछाडिबाट ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक प्रहरी जवान परियारलाई उपचारका लागि परवानीपुरको एलएल न्यूरो अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक प्रवक्ता दधिराम न्यौपानेले जनाए ।
प्रवक्ता न्यौपानेका अनुसार गम्भीर घाइते भएका प्रहरी जवान परियारको उपचारकै क्रममा मृत्यु भएको हो । तेल ट्याङ्कर नियन्त्रणमा लिइएको र चालक भने फरार रहेको प्रहरीले जनायो ।
अछाम चउरपाटी गाउँपालिका वडा नम्बर– १ निवासी प्रहरी जवान परियारको २ वटा बच्चा रहेको पर्सा प्रहरीले जनाएको छ ।
पर्सा प्रहरी प्रवक्ता कुमार विक्रम थापाका अनुसार राती ८ बजेसम्मको ड्यूटी सकाएर सिमराको फाइनल खेल हेर्न गएको प्रारम्भिक सोधपुछबाट खुलेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’
-
आज पनि भएन नेपाल एयरलाइन्सका पाइलटसँग सहमति
-
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै