एक्समा अब नयाँ युजरले पोस्ट गर्दा पनि पैसा लाग्ने

क्यालिफोर्निया । माइक्रोब्लगिङ वेबसाइट एक्समा नयाँ युजरहरूले साधारण फङ्शन चलाउन पनि पैसा तिर्न पर्नेछ । एक्सका मालिक एलन मस्कले सोमबार एउटा ट्विटमा यस्तो बताएका हुन् । वर्षौदेखि साइटमा रहेको नक्कली खाता र बोटको समस्यालाई समाधान गर्न उनले यस्तो उपाय ल्याउन लागेका हुन् । नयाँ युजरहरुले एक्समा पोस्ट, लाइक, रिप्लाई गरेको वा बुकमार्क राखेको पनि ‘थोरै’ पैसा तिर्नु पर्ने बताइएको छ ।
यो शुल्क कहिलेदेखि सुरु हुन्छ अनि यसले कसरी काम गर्छ भन्नेबारे पोस्टमा केही पनि खुलाइएको छैन । तर मस्कले शुल्कलाई एक्समाथि बोटको निरन्तरको हमला रोक्ने एउटै मात्र तरिका भएको बताएका छन् । एआई बोट र इन्टरनेट ट्रोलहरूले सजिलै बोट पहिचान परीक्षण पास गर्न सक्ने मस्कको भनाइ छ । यो शुल्क गएको अक्टोबरमा न्यूजिल्यान्ड र फिलिपिन्समा एक्सका नयाँ प्रयोगकर्तालाई सुरु गरेको जस्तै खालको हुने बताइएको छ ।
यो योजनामा नयाँ एक्स युजरले पोस्ट, लाइक, कमेन्ट गर्न वार्षिक १ डलर शुल्क तिर्नु पर्छ । मस्कले एक्समा बोटको सफाई गर्न अभियान सुरु गरेको दुई हप्ताभन्दा कम समयमै यो घोषणा आएको हो । शुल्क लगाउन थालेपछि बोट र झुट्टा खाताबाट हुने पोस्टमा कमी आउने मस्कको दाबी छ । मस्कले एक्स (पहिलाको ट्विटर) किनेयता एक्सको पेड सेवा सुरु गरेका छन् । ब्लू टिकका लागि पनि शुल्क लिन थालिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : हिंसात्मक बन्यो शिक्षक आन्दोलनदेखि .गगन थापाविरुद्ध अवहेलना मुद्दा दर्तासम्म
-
शिक्षक र सञ्चारकर्मीमाथिको दमन निन्दनीय छ : माओवादी केन्द्र
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा